गृहपृष्ठ » मुख्य समाचार, राजनीतिदलहरु आजपनि छलफलमा

दलहरु आजपनि छलफलमा

August 8, 2015३९७ पटक
काठमाडौ २३ साउन-  संघीय प्रदेशको सिमांकनका विषयमा विवादित बनेका प्रमुख दलहरु आज पनि छलफलमा जुटेका छन् । शीर्ष नेताहरुबिच सिंहदरबारमा केहिबेर अघिदेखि छलफल सुरु भएको हो ।
शीर्ष नेताहरू सम्मिलित विशेष समितिको हिजो दिनभर चलेको बैठकमा पनि सहमति जुट्न नसकेपछि सहमति जुटाउने प्रयासमा आज पनि दलहरु छलफलमा जुटेका हुन् ।
अघिल्लो दिन सहमति नजिक पुगेको बताएका कांग्रेस, एमाले र एमाओवादीका मुख्य नेताहरू हिजोको बैठकपछि भने एकअर्काप्रति आशंका गर्दै बाहिरिएका थिए ।
विशेष समितिको संयोजक समेत रहेका संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईको अहोरात्र प्रयास गरिएपनि प्रदेशको सीमा सम्बन्धि विवाद टुंगोमा पुग्न नसकेको भनाई छ ।
प्रदेशको सीमा सम्बन्धी विवाद कचल्टिँदा धर्म्निरपेक्षता, नागरिकता, संबैधानिक निकाय जस्ता अन्य विषयमा छलफल नै हुन पाएको छैन ।
दलहरुले आज साझ सम्म सहमती जुटाउने दावी गर्दै साझ बस्ने संविधानसभा बैठकमा सहमतीका बुदा पेश बताएका छन् । प्रमुख दलकै नेताहरु आफ्नो क्षेत्रलाई टुक्र्याउन नहुने अडानमा अडिग भएपछि सहमति जुट्ने सम्भावनासमेत कमजोर बनेको छ ।
दलहरुबिच सहमति जुट्न नसक्दा साउन मसान्तसम्ममा संविधान जारी गर्ने दलहरुको कार्यतालिका अप्ठेरोमा परेको छ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण