गृहपृष्ठ » अन्तर्राष्ट्रियहोटेलमा आक्रमण, ९ जनाको मृत्यु

होटेलमा आक्रमण, ९ जनाको मृत्यु

November 1, 2015१४० पटक

kenya

केन्या, १५ कात्तिक-सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटेलमा इस्लामिक अतिवादीहरुले गरेका आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको समाचार छ । सो आक्रमणमा परी अन्य १० जना घाइते भएका एक प्रहरी अधिकारीले आइतबार जानकारी दिएको छ । एक आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ बोकेको एक गाडी सहाफी होटेलको गेटमा आक्रमण गराएको जनाइएको छ । त्यसैगरी बन्दुकधारीले होटेल परिसरमा हिडिरहेका व्यक्तिहरुलाई गोली प्रहार गरेको प्रहरी अधिकारी मोहमद हुसेनले जानकारी दिएका छन् । सो आक्रमणमा परी होटेलका संस्थापकको समेत मृत्यु भएको बताइएको छ । इस्लामिक अतिवादी विद्रोहीसँगआवद्ध अल सबाब समूहले यस आक्रमणको जिम्मा लिएको बताइएको छ । यो होटेलमा सोमालियाली सरकारी अधिकारीहरुलयायत उच्च स्तरीय व्यापारीको सभा सम्मेलन हुने गरेको र सो होटेलमा यस अघि पनि आक्रमण भएको जनाइएको छ । सन् २००९ मा आतङ्ककारीहरुले यस होटेलबाट दुई जना फ्रेन्च सुरक्षा सल्लाहाकारलाई अपहरण गरेका थिए । रासस /एपी

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण