गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारपाँच जनालाई मृत्युदण्ड

पाँच जनालाई मृत्युदण्ड

November 1, 2015१९० पटक

suicide

 

ती १२ व्यक्तिहरु इस्लामिक स्टेट ९आइएस० आतङ्ककारी समूहसँग आवद्ध रहेको आरोपमा सो सजाय सुनाइएको इजिप्टको मेना समाचार समितिले जनाएको छ ।

सन् २०१३ को मध्यतिर इजिप्टमा सैनिक कू गरी तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरी सैनिक शासन लागू भएको छ ।

सो शासनपछि सरकारका विरुद्धमा जारी आन्दोलन र विद्रोहमा परी सयौँ प्रहरी र सेनाको मृत्यु भएको जनाइएको थियो । त्यसपछि इजिप्टमा आतङ्ककारीको प्रवेश भएको सरकारको दाबी छ ।
ती अतिवादीहरुलाई सरकारले मृत्युदण्ड दिने गरेको छ । इजिप्टको राजधानी कायरोबाट उत्तरतर्फ पर्ने सार्कियामा अवस्थित अपराध सबन्धी मुद्धा हेर्ने एक अदालतले सो फैसला गरेको बताइएको छ ।

यसैगरी सरकारी दमनमा परी कम्तीमा पनि एक हजार भन्दा बढी मोर्सी समर्थक मारिनुको साथै हजारौँ पक्राउ परेका छन् । हाल पनि उनीहरु जेलमा नै छन् ।

गत केही दिनयता इजिप्टको उत्तरी प्रान्त सिनाईमा जारी भीषण सैनिक कारबाहीमा परी करिब २५० आतङ्ककारी मारिनुका साथै सोही सङ्ख्यामा पक्राउ परेका जनाइएको छ । रासस÷सिन्ह्वा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण