गृहपृष्ठ » मुख्य समाचार, राजनीतिमधेसी मोर्चाको ११ बुँदे मागमा पद्मरत्न आन्दोलनको समर्थन

मधेसी मोर्चाको ११ बुँदे मागमा पद्मरत्न आन्दोलनको समर्थन

November 5, 2015१३५ पटक

१९ कात्तिक, काठमाडौं । पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसमक्ष राखेको ११ बुँदे मागमा समर्थन गरेको छ ।
आन्दोलनका प्रवक्ता ओम गुरुङले विज्ञप्ति जारी गर्दै मधेसी मोर्चाको मागमा समर्थन जनाएका छन् । विज्ञप्तिमा भनिएको छ-ती मागहरुको आधारमा मधेसी मोर्चा, मधेसी समुदाय र आदिवासी जनजाति प्रतिनिधिहरुसँग अविलम्ब वार्ता गरी उनीहरुले ठाएका मुद्धाहरुलाई सम्बोधान गर्न आग्रह गर्छ ।’
आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले ११ बुँदे मागबारे जनजातिको दृष्छिकोणमा देखिएको अस्पष्टता र जानजातिका छुटेका मागहरुबारे मधेस केन्द्रीय दल र मधेसी अगुवासँग छिट्टै छलफल गरिने समेत बताएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण