गृहपृष्ठ » मुख्य समाचार, राजनीतिजेनेभामा रहनु भएका परराष्ट्रमन्त्री थापाद्वारा नेपालको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी ।।

जेनेभामा रहनु भएका परराष्ट्रमन्त्री थापाद्वारा नेपालको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी ।।

November 5, 2015१२४ पटक

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपाल–भारत सीमा क्षेत्रमा अत्यावश्यक वस्तुको आपूर्तिमा भएको व्यवधानको बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भएको छ । जेनेभामा जारी राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को २३ औँ विश्वव्यापी आवधिक प्रतिवेदन कार्यदलको बैठकलाई आज सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले मधेसी राजनीतिक दलका चासोप्रति नेपाल सरकार गम्भीर एवम् संवेदनशील रहेको तर समस्या समाधानमा मधेसी दल संयमित हुन नसकेको बताउनु भयो । नयाँ संविधान जारी भएसँगै २०६३ सालमा सुरु भएको शान्तिप्रक्रिया टुङ्गिएको जानकारी दिँदै उहाँले संविधानले जनताका आधारभूत अधिकारलाई फराकिलो पारेको बताउनुभयो । नयाँ सरकारको दायित्व नयाँ संविधानको प्रभावकारी कार्यान्वयन भएको स्पष्ट गर्दै मन्त्री थापाले त्यसका लागि संरचनागत एवम् व्यावहारिक अवरोध र चुनौतीलाई हटाउँदै सामाजिक–आर्थिक रुपान्तरणको दिशामा देशलाई अग्रसर गराइने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण