गृहपृष्ठ » मुख्य समाचार, राजनीतिमन्त्री परिषद विस्तार, उपप्रधानमन्त्रीको सङ्ख्या ६ पुग्यो । ।

मन्त्री परिषद विस्तार, उपप्रधानमन्त्रीको सङ्ख्या ६ पुग्यो । ।

November 5, 2015१४७ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज गरिएको मन्त्री परिषद विस्तारका क्रममा तीन उपप्रधामन्त्री र चार मन्त्री थपिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नै दल एमालेका उपाध्यक्ष भीम रावलसँगै माले महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उपप्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । अब ओली सरकारमा ६ जना उपप्रधानमन्त्री भएका छन् । फोरम लोकतान्त्रिकका विजय गच्छदार, राप्रपा नेपालका कमल थापा र एमाओवादीका टोपबहादुर रायमाझी यसअघि नै उपप्रधानमन्त्री भइसकेका छन् । नवनियुक्त उपप्रधानमन्त्री केसीले सहकारी तथा गरिबी निवारण, मैनालीले महिला बालबालिका तथा समाजकल्याण र रावलले सहरी बिकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने छ । त्यस्तै नेकपा एमालेबाट शेरधन राई, विष्णु पौडेल, आनन्द पोखरेल र शान्ता मानवी पनि मन्त्री बन्नुभएको छ । पौडेलले अर्थ, राईले सूचना तथा प्रविधि र पोखरेलले पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुनेछ । मानवीको मन्त्रालय भने तोकिएको छैन । एमालेले नै मन्त्रीका लागि नाम चयन गरेको नेतृ अष्टलक्ष्मी शाक्यले भने मन्त्री पद अस्विकार गर्नुभएको छ । उहाँलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिने तयारी थियो । नवनियुक्त तीन उपप्रधामन्त्री तथा मन्त्रीहरुले शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको समथ लिएका छन् । आज गरिएको मन्त्री परिषद विस्तार सँगै १७ मन्त्री र दुई राज्यमन्त्रीसहित केपी ओली नेतृत्वको मन्त्रिपरिषद् २८ सदस्यीय भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण