गृहपृष्ठ » मुख्य समाचार, समचारसुदूर पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

सुदूर पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

August 8, 2015३०० पटक

काठमाडौं, साउन २३ – देशका धेरै ठाउँमा बिहानैदेखि पानी परेको छ । दिनभर झरी परेपनि हिजोको तुलनामा आज कम पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सुवास रिमालका अनुसार दिनभरी ठूलो पानी पर्ने संभावना कम छ ।
तर सुदूर पूर्वका केही ठाउँमा भने बेलुकीपख ठूला पानी पर्नेे अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार धनकुटा र इलाम आसपासका क्षेत्रमा ठूलो पानी पर्ने संभावना छ । पानी पार्ने न्यूनचापीय रेखा आफ्नो स्थानमा सरेको, बंगाल र अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावा कमजोर भएकाले आज अरु ठाउँमा कम पानी पर्ने अनुमान गरिएको मौसमविद् रिमालको भनाई छ ।
तर भोलि फेरि न्यूचापीय रेखा उत्तरतिर सर्ने भएकाले मौसम धेरै बदली हुने अनुमान छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण