गृहपृष्ठ » खेलकुदम्याच फिक्सिङ्गको पनि कानुन बनाउनु पर्छः सदस्य सचिव विष्ट

म्याच फिक्सिङ्गको पनि कानुन बनाउनु पर्छः सदस्य सचिव विष्ट

November 5, 2015१५२ पटक

काठमाण्डु, १८ कात्तिक– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब विष्टले परिस्थिति परिपक्व बनेपछि अखिल नेपाल फुटवल संघ एन्फालाई विघठन गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले म्याच फिक्सिङ्गको विषय अनुसन्धानको दायरामा रहेको र भ्रष्टाचारको विषय अख्तियारमा रहेकोले आफूले त्यहाँबाट निर्णय नआउँदा सम्म केही गर्न नसक्ने भन्दै प्रयाप्त आधार निर्माण भएपछि एन्फालाई विघठन गर्ने बताए । विष्टले अहिले म्याच फिक्सिङ्ग र ओभर एजका खेलाडी प्रकरणमा आफूहरुले आन्तरिक रुपमा छलफल गरिरहेको र अहिले ती विषयमा स्पष्टिकरण सोधिएको जानकारी दिदै एन्फा नियम संगत रुपमा नचले कारवाही गर्ने चेतावनी दिए । उनले नेपाल जनताको सर्वाधिक लोकप्रिय खेल फुटबलमा भएको म्याच फिक्सिङ्ग दण्डनीय र निन्दनीय कदम भएको भन्दै अब फेरि यस्तो काम गर्न नसक्ने गरी दोषीमाथि कारवाही गर्नु पर्ने बताए । विष्टले भने,‘यो केश कानूनको दायरामा रहेकोले अहिले केही बोल्न मिल्दैन तर हामी पनि आफ्नो नियम अनुसार कारवाही गर्छौ । जतिसुकै प्रभावशाली भएपनि कारवाही गर्छौ । अनुसन्धानमै रहेकोले अहिले नै दोषी भनेर कारवाही गर्न मिल्दैन ।’ उनले म्याच फिक्सिङ्ग जस्तो अपराधमा कारवाही गर्न प्रयाप्त कानून नभएकोले अब कानून बनाउनु पर्ने आवश्यकता भएको भन्दै यस्तो घटना हुन नदिन नियम बनाउने तयारी गरिरहेको जानकारी दिए । नेपाली काग्रेस खेलबुद विभाग प्रमुख धनराज गुरुङले एन्फा अध्यक्ष गणेश थापाले ५८ करोड भ्रष्टाचार गरेको ठहरसहित संसदको सार्वजनिक लेखा समितिले  कारवाही प्रक्रिया अघि बढाउन आवश्यक कागजात पठाएपनि त्यसलाई अख्तियारले थन्काएर राखेको भन्दै अख्तियारलाईं चल्ला खाने तर माउ आएपछि भाग्ने संस्थाको संज्ञा दिए । उनले अख्तियार पनि म्याच फिक्सिङ्ग प्रकरणमा जोडिएको आरोप लगाउँदै भने–त्यतीबेला कारवाही गरेको भए अहिले यस्तो गर्दैन थिए ।’ गुरुङ्गले एन्फा अध्यक्षले तत्काल नैतिकताको आधारमा पदबाट राजिनामा दिनु पर्ने र यो घटनामा नैतिकताको हिसावमा सदस्य सचिव समेत दोषी भएको दावी गर्दै खेलकुद परिषदले कारवाही नगरे आफूले नयाँ ढंगले यो प्रकरणलाई अगाडि बढाउने चेतावनी दिए । उनले खेलाडीहरुको भविष्य तय नगरेसम्म यस्ता घटना दोहोरिरहने भन्दै यसलाई रोक्न खेलकुदको विकासकोलागि दुरगामि योजना बनाउनु पर्नेमा जोड दिए । एन्फा उपाध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले एन्फालाई अधिनायकबाद शैलीमा कानून विपरित चलाएकोले यस्तो अवस्था आएको भन्दै ओवर एज र म्याच फिक्सिङ्गमा संलग्नहरुलाई कारवाही गर्नु पर्ने बताए । उनले गोल प्रोजेक्समा १८ करोड रुपैया भ्रष्टाचार भएको बक्सिङ्गमा समेत म्याच फिक्सिङ्ग हुने गरेको दावी गर्दै  फुटवल संघलाई ब्यवसायीक बनाउनु पर्ने बताए । उनले फिफाले क्लब लाईसेन्सीङ्ग गर्न निर्देशन दिदा समेत धनाढयीको हातमा फुटवलसंघ पर्ने आशंकामा एन्फा नेतृत्वलल नगरेको भन्दै क्रिकेटमा तत्कालै कारवाही अगाडि बढाएको अख्तियारले फुटवल संघमा किन गरेन ? भनि प्रश्न गरे । उनले नेपाली फुटवलको विकास गर्ने हो भने फुटवलमा देखिएको भ्रष्टाचारको अन्त्य गर्नै पर्नेमा जोड दिए । फुटवल प्रशिक्षक कृष्ण थापाले फुटवलको विकासमा असक्षमहरुको निरन्तरताले यो अवस्था आएको भन्दै म्याच फिक्सिङ्ग फुटवल प्रेमिकोलागि दुर्भाग्यपूर्ण भएको बताए । उनले भने–यसको जिम्मेवारी नेतृत्वको हो । खेलाडीलाई मात्रै दोष दिएर हुँदैन । नेतृत्वको असक्षमताले भएको हो । नेतृत्वले राजिनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुप र्छ । २०४३ सालमा नेपाल र बंगलादेशवीचको खेल हुँदा आधी आएर ७२ जनाको मृत्यू भएपछि तत्कालिन खेलकुद मन्त्री कमल थापाले नैतिकताको आधारमा राजिनामा दिएको स्मरण गर्दै अहिले पनि नेतृत्वले राजिनमा दिनु पर्ने बताए । पूर्व खेलाडी मणि शाहले गणेश थापाले फुटवलको नेतृत्व गरेको १९ वर्षमा नेपाल भुटान भन्द्या तल पुगेको आरोप लगाउँदै अहिलेको घटनामा खेलाडीलाई मात्रै दोष दिएर नहुने भएकोले नेतृत्वले राजिनामा दिनु पर्ने माग गरे । एनआरटीका पूर्व अध्यक्ष विजयनारायण मानन्धरले नेतृत्वले एन्फालाई एकलौटी चलाउन खोज्दाको परिणाम म्याच फिक्सिङ्ग भएको भन्दै नेतृत्वले राजिनामा दिनु पर्ने र सरकारले समेत कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने धारणा राखे ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण