गृहपृष्ठ » स्वास्थ्यगुल्मीका अनपढ महिलाले दिए डिग्री गर्नेहरुलाई चुनौती, तरकारी खेती बाट बार्षिक चार लाख कमाउन सफल ।

गुल्मीका अनपढ महिलाले दिए डिग्री गर्नेहरुलाई चुनौती, तरकारी खेती बाट बार्षिक चार लाख कमाउन सफल ।

August 4, 2015३३३ पटक

१९ साउन,गुल्मी आज भन्दा ४ वर्ष अघि सम्म गुल्मी हर्दिनेटाकी दिलमाया वुचाको घरमा परम्परागत खेती गर्दा खान पुृग्दैनथ्यो । ‘सधै वेसाएर खानु पर्दा हैरान थियौ ’–वुचाले भनिन् –‘बुढाले घर बनाउने काम गरेर मुस्कीलले विहान वेलुृकाको जो गर्दथ्यौं ,तर तरकारी खेती गर्न थाले पछि वर्ष भरी खान पुगेर पनि पैसा बचाउन थालेका छौं । ’ हर्दिनेटा–९ नरमगाउँकी ४० वर्षिया बुचा औठा छाप अनपढ् हुन तर कृषि विकास कार्यालय गुल्मीले सञ्चालन गरेको व्यवसायीक तरकारी खेती सम्वन्धी तालिमले उनलाई डिग्री पास गर्ने महिलाहरुले भन्दा बढि पैसा कमाउने बनाई दियो । ४ वर्ष अघि तालिम लिएर पाल्पा लगायतका स्थानहरुमा समेत उक्त खेतीको अध्यान भ्रमणमा पुगेकी वुचा सहित त्यस नरमगाउँका २९ जना महिलाहरुले अहिले वार्षिक २ लाख देखि पाँच लाख सम्म तरकारी खेतीबाट कमाउने गरेका छन् । दिलमायाँ वुचाले खर्च कटाएर वर्षिक ४ लाख चोखो आम्दानी लिने गरेको बताउँछिन् । ४ रोपनी क्षेत्र फेलमा वुचाले ३ हजार वोट टमाटर र त्यसको फेदमा १५ सय वोट वन्दागोपी लगाएकी छन यसपाली । गत चार वर्ष अघि देखि तरकारी खेतीमा लागे पनि बढि क्षेत्र फलमा तरकारी खेती गर्न थालेको बुचाले गत वर्ष देखि हो । उनले आफ्नो पुरै चार रोपनी क्षेत्रफलमा परम्परागत खेती कोदो मकै रोप्दाको भन्दा आठौ गुना आम्दानी त्यस तरकारी खेतीबाट लिने गरेको बताईन् । त्यस बाट हौसियर अव उनले अरुको जमिन भाडामा लिएर ठुलो परिणाममा तरकारी खेत गर्ने योजना बनाएकी छिन् । कुनै समय बचत र बैंक कुन चरीको नाम हो ? भन्ने अवस्थाकी वुचाले अहिले र्बैक व्यालेन्स पनि गरेकी छिन् । नाक कानमा सुनका गहना,छोरा छोरीहरुको पठन पाठन देखि घरको सारा खर्च उनै बुचाले चलाउँ छिन श्रीमानको मुख ताक्न पर्दैन् ‘पहिला पहिला सिक्रेट–भुसाह खाने पैसा समेत बुढा संग माग्नु पर्दथ्यो’– बुचाले भनिन्. –‘अहिलले बुढाले नै म संग माग्ने गर्छन् ।’ टमाटरमा अलवा बडि सिमी, घिरौला, का्क्रा लगातका तरकारी सिजन अनुसार लगाउने गरेकी छन् । उनको आँठमा वारी भएकी चेन्टीकला धामी र दिलमाया वुचाले पनि त्यस्तै लहलह तरकारी भलाएका छन् । तिन वर्ष अघि दुवईमा वसेर फर्किएका वुचाका श्रीमान टेकबहादुर बुचाले श्रीमतिले सुरु गरेको तरकारी खेती नै ठिक लागेर विदेश त्यागेर वसेको बताए । उनले भने तिन वर्ष विदेश वस्ता ५ लाख कमाएको थिएँ तर यो तरकारी खेतीबाट एक वर्ष मैं ५ लाख कमाउने देखियो त्यसैले विदेश जान ठिक मन लागेन । त्यस नरम गाउँमा उनिहरु, सहित तरकारी खेतीबाट वार्षिक दुई देखि पाँच लाख सम्म कमाउनेहरुमा दिलमाया वुचा, सिमकली धामी, खगीस्वरा वलाल, अमृता धामी, चेन्टीकला धामी, दिलमाया वुचा, निर्मला खासु देउमाया वुचा, ईन्द्रकल गाह , मनु वलाल, सिता वुचा, माया वलाल सहित २९ जना महिलाहरु रहेका छन् । विगतमा कोदो मकै खेत गर्ने जाँड रक्सी बनाएर खाने खर्च भने वेसाएर चलाउने त्यस नरम गाउँका महिलाहरु अहिले ति कुराहरुबाट समेत सचेत भएका छन् । कृषिका सरहरुले तरकारी खेतीका वारेमा मात्र होईन विभिन्न कुराले हामीहरुको दैनिक जिवन पुग्ने फाइृदा वेफाईदाका विषयमा पनि सिकाउनु हुन्छ , दिलमाया वुचाले भनिन् । उनिहरु सवै जनाले विदेश जाने पुरुष र उच्च शिक्षा पढेर गुम्ने कुर्चीमा वस्ने महिलाहरुको भन्दा आफुहरु अनपढको कमाई घरै वसी वसी बढि हुने गरेको बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण