गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारयोजनाविदले खतरा भनेको भक्तपुरको डोल क्षेत्रमा घर बनाउने क्रम बढ्यो

योजनाविदले खतरा भनेको भक्तपुरको डोल क्षेत्रमा घर बनाउने क्रम बढ्यो

November 6, 2015२०७ पटक

२० कात्तिक, काठमाडौं । योजनाविद्ले मध्यपुरठिमी नगरका डोल क्षेत्रमा घर बनाउन खतरा हुने चेतावनी दिए पनि निर्माण कार्य भइरहेको छ।

नगरपालिकाले नगर क्षेत्रका तीनवटै डोल क्षेत्र (गहिरो र पानी जम्ने ठाउँ) मा नक्सा दर्ता रोके पनि निर्माणमा रोक लगाउन सकेको छैन।नगरपालिका पनि कहिले उचित भौतिक पूर्वाधार पुगेपछि घर बनाउन मिल्ने त कहिले अन्य कारण देखाउँदै नमिल्ने भनी अस्पष्ट भएपछि निर्माण कार्य बढेको हो।

गट्टाघर र सानोठिमीबीचमा करिब एक हजार दुई सय रोपनी, सोही क्षेत्रबाट तेर्साटार हुँदै कौशलटारको रेयूकाई भवनदेखि बुढाथोकी गाउँसम्मको करिब एक हजार सात सय रोपनी र धुन्चेपाखादेखि उत्तर र मनोहरा नदीबीचको करिब एक हजार दुई सय रोपनी क्षेत्रफललाई मध्यपुरठिमी नगरपालिकाले डोल क्षेत्र (सुरक्षित क्षेत्र) भनी छुट्याएको अन्नपूर्ण पोस्टमा खबर छ।

आसपासमा घर निर्माण तीव्र हुन थालेपछि २०६४ सालदेखि डोलक्षेत्रमा घर बन्न थालेको थियो। २०६८ सालदेखि घर निर्माणक्रम बढेको र विगत दुई वर्षमा तीव्रता पाएको नगरपालिकाको भनाइ छ।

नगरपालिकाका वरिष्ठ इन्जिनियर सत्यनारायण साहले तीनवटै क्षेत्र गरी सयभन्दा बढी घर निर्माण भएको जानकारी दिँदै ती क्षेत्रका बासिन्दा जग्गा एकीकरण आयोजनाका लागि तयार भए नगरपालिका पनि तयार रहेको बताए।

२०६७ सालमा नगरपालिकाको बोर्ड बैठकले बाटो, बत्ती, पानीलगायतका पूर्वाधार पुगेका ठाउँमा घर निर्माण गर्न दिने निर्णय गरेको थियो। त्यसपछि घर निर्माण हुन थालेपछि विवाद बढ्यो र स्थानीय विकास मन्त्रालयले निर्णय कार्यान्वयन गर्नुअघि उक्त क्षेत्रको विस्तृत भूउपयोग योजना बनाउन र त्यो योजना सरकारको भूउपयोग योजनासँग मिल्नुपर्ने निर्देशन दिएको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण