गृहपृष्ठ » मुख्य समाचार, राजनीतिअनिल झा नेतृत्वको सदभावना पार्टीका महासचिव सिंह पक्राउ

अनिल झा नेतृत्वको सदभावना पार्टीका महासचिव सिंह पक्राउ

November 6, 2015१४७ पटक

२० कात्तिक, भैरहवा । अनिल झा नेतृत्वको सदभावना पार्टीका केन्द्रीय महासचिव हरिशचन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको छ । गाडीमा ढुगांमुढा गरेको आरोपमा महासचिव सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहीबार बन्दको क्रममा प्रहरीले भैरहवा लुम्विनी सडकखण्ड गोनाहा ६ बनगाईस्थित गाडी स्कोटिङ गरेर लैजाने क्रममा गाडी माथि ढुंगा मुढा प्रहार भएको थियो । सोही क्षेत्रमा गत भदौ २९ गते गाडी स्कोटिङ गरेर लैजाने क्रममा आन्दोलनकारीले ढुगांमुढा प्रहार गरेपछि प्रहरीले चलाएको गोली लागेर ४ वर्षीय बालकसहित ६ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

महासचिव सिंहलाई पक्राउ गरेको विरोधमा सो क्षेत्रमा प्रहरी प्रशासनविरुद्ध नाराबाजी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण