गृहपृष्ठ » मुख्य समाचार, समचारविदेशी नागरिकले खोले चिसापानीमा अत्याधुनिक रिसोर्ट

विदेशी नागरिकले खोले चिसापानीमा अत्याधुनिक रिसोर्ट

November 6, 2015१४६ पटक

Pevilance Himalaya Resort 2
२० कात्तिक, काठमाडौं । विनाशकारी भूकम्प र बन्द हड्तालले मुलुक पर्यटक बीहिन भएको बेलामा पोखराको चिसापानीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ ।

बेलायती नागरिक डगलस मेक्लान र उनकी श्रीमति इनसुबा तामाङले २८ करोड लगानीमा ‘पेभेलियन्स हिमालय’ रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । कस्केली केटी विवाह गरेका डगलसले विगत २१ वर्षदेखी अन्र्तराष्ट्रिय गैर सरकारी संस्था डगलस सञ्चालन गरेर बस्दै आएका छन् ।

पोखरा एयरपोर्टबाट ६ किलोमिटर दक्षिण पूर्वमा रहेको ‘पेभेलियन्स हिमालय’ रिसोर्ट ५० रोपनी क्षेत्रफलमा रहेको छ । यो रिसोर्टमा स्वागत कक्ष, रेष्टुरेण्ट एण्ड बारसहित १५ वटा छुट्टै भिल्ला रहेका छन् । एउटा परिवारका लागि उपयुक्त हुने गरी भिल्ला निर्माण गरिएको छ ।

रिसोर्टमा तारे होटलमा जस्तै सेवा सुविधाहरु उपलब्ध गराइएको छ । नेचुरल भेन्टिलेसन, भुईं, भित्ता, झ्याल, ढोका तथा सिलिङसहित सबै ठाउँमा इन्सुलेसनको प्रयोग गरिएकाले रिसोर्ट वातावरण वातानुकुलित रहेको आर्किटेक्चर एलेक्स श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार बीना एसी रिसोर्टको भिल्ला २३ डिग्री सेल्सियसको हाराहारीमा रहन्छ । बाहिरको तापक्रमले भिल्लाभित्र कुनै फेरबदल नहुने उनले दाबी गरे ।

रिसोर्टमा सौर्य उर्जा जडान गरिएको छ भने किचन बायो ग्याँसबाट चल्छ । रिसोर्टका वित्त प्रमुख दीपेन्द्र पोखरेलका अनुसार ३० केभिए क्षमताको सोलार जडान गरिएको छ ।

यही कारण रिसोर्टमा वत्ती नआउँदा तथा घाम नलाग्दा पनि ३ दिनसम्म कुनै समस्या हुँदैन । रिसोर्टबाट निस्केको फोहरलाई बायो ग्याँसको माध्यमबाट महिनामा ५ देखी ७ सिलिण्डर बराबरको ग्यास निकालेर किचनमा प्रयोग गरिएको छ ।

Pevilance Himalaya Resort

रिसोर्टमा प्रायः अधिकांश आफ्नै उत्पादन प्रयोग गरिने हुँदा पूर्ण अर्गानिक रहेको रिसोर्ट म्यानेजमेन्टले दाबी छ । रिसोर्टमा आफैले उत्पादन गरेको धानको चामल, तरकारी, साग, दुध, दहि, घ्यू, अण्डाको प्रयोग गरिने रिसोर्ट सञ्चालक डगलसले जानकारी दिए । उनका अनुसार आफ्नै प्राङ्गणमा कुखुरा, खसी, बोका र बंगुरको पालन गरिएको छ र रिसोर्टमा आवश्यक मासुको लागि यसैको प्रयोग गरिन्छ ।

रिसोर्टमा एउटा भिल्लाको एक रातको ३ सय ५० डलर अर्थात ३५ हजार नेपाली रुपैयाँ लाग्नेछ । तर, अहिले शुभारम्भको अवसरमा अपि्रल-२०१६ सम्म २ सय ५० डलर अर्थात २५ हजार नेपाली रुपैयाँमा मात्र लिइने डगलसले बताए ।

यसैगरी रिसोर्टमा नेपाली गाउँघर भन्ने एउटा छुट्टै भिल्ला छ, जसका लागि भने १ सय ७० डलर अर्थात १७ हजार रुपैयाँ तिरे पुग्ने डगलसको भनाई छ ।

रिसोर्टमा हाल ४० जना कामदार रहेका छन् । जसमा स्थानिय १७ जनाले रोजगारी पाएका छन् । चिसापानीमा ५२ घर रहेको र प्रत्येक घरमा एक जनालाई रोजगारी दिने लक्ष्य रहेको डगलसले प्रष्ट्याए ।

होटल सञ्चालक डगलसले भएसम्म सामान र म्यानपावर स्थानिय प्रयोग गर्ने आफ्नो उद्धेश्य रहेको बताउँदै कम्तिमा पनि रिसोर्टमा चाहिने ५० प्रतिशत कामदार स्थानियलाई राख्ने प्रतिवद्धता जनाए । उनले अहिले योग्य कामदार नहुँदा ५० प्रतिशत स्थानिय नपुगेको भएपनि भविष्यमा पुर्‍याउने प्रतिबद्धता जनाए ।

१९९४ मा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थामार्फत सामाजिक कार्यका लागि नेपाल छिरेका डगलसले आफ्नो रिसोर्ट नेपालका लागि मोडल प्रोजेक्ट भएको दाबी गरे ।

उनले यो प्रोजेक्टमा आफ्नो नाम जोडिएपनि यो श्रीमतीको भिजन भएको बताए । स्टार होटल बराबर रिसोर्टमा सुविधा भएपनि स्टार होटलका लागि चाहिने कोठा संख्या एक सय नभएकाले स्टारमा नदरिएको उनको भनाई छ ।

डगलसले अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाको रुपमा नेपालमा वालवालिकाको क्षेत्रमा काम गर्दै आएका छन् । रिसोर्टबाट भएको आम्दानीको पचास प्रतिशत सोही प्रोजेक्टमार्फत सामाजिक कामका लागि खर्चिने सञ्चालक डगलसले बताए । उनले सामाजिक कार्यका लागि ७० प्रतिशत खर्चिने लक्ष्य रहेको बताउँदै बाँकी ३० प्रतिशत भने होटल व्यवस्थापन र स्तरोन्नतीको लागि खर्चिने बताए ।

बैशाखमा आएको भूकम्प र राजनीतिक कारणले उत्पन्न भएको वर्तमान परिस्थितिले व्यवसायमा समस्या परेको भन्दै रिसोर्ट सञ्चालक डगलसले नेपाली राजनीतिलाई सही दिशामा लैजानको लागि नेतृत्वले भ्रष्टाचार अन्त्य गरेर सुशासन दिनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण