थप एक बल पनि नखेली नेपालको इनिङ समाप्ती घोषणा
२० कात्तिक, काठमाडौं । हङकङविरुद्धको दुईदिवसीय क्रिकेटमा नेपालले दोस्रो दिन एक बल पनि नखेली १०६ रनमै इनिङ समाप्तिको घोषणा गरेको छ ।
यूएईको अबुधाबीमा पहिलो दिनको समाप्तीमा नेपालले १ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । अनिल मण्डल ५६ र सागर पुन ३८ रनमा क्रिजमा थिए ।
तर, दोस्रो दिन नेपालले एक बल पनि नखेली इनिङ समाप्तिको घोषणा गरेको छ । र, नेपाल १०९ रनले पछि परेको छ ।
हङकङले दोस्रो इनिङ थालेको छ । उसले यो समाचार तयार पार्दासम्म ३ विकेट गुमाएर १८ रन बनाएको छ । (लाइभ अपडेटका लागि यहाँ क्लिक गर्नुस्)
नेपालका लागि तीनै विकेट विक्रम सोबले लिएका छन् । र, समग्रमा १२७ रनको अग्रता लिएको छ । उसले पहिलो इनिङमा २१५ रन बनाएको थियो ।