गृहपृष्ठ » मुख्य समाचार, समचारकाष्ठमण्डप र पाटनमा उत्खननको काम सकियो, शनिबारदेखि भक्तपुरमा

काष्ठमण्डप र पाटनमा उत्खननको काम सकियो, शनिबारदेखि भक्तपुरमा

November 6, 2015१२५ पटक

२० कात्तिक, काठमाडौँ । गत वैशाखमा गएको गोरखा भूकम्पले गर्दा क्षति भएको काष्ठमण्डप र पाटन दरबार क्षेत्रको उत्खननको काम सकिएको छ ।

Kasthamandap-Utkhanan

पुरातत्व विभागका अनुसार उपत्यकाका तीन जिल्लाका महत्वपूर्ण सम्पदा स्थलमध्ये आजसम्ममा काष्ठमण्डप र पाटन दरबार क्षेत्रको उत्खननको काम सकिएको छ । शनिबारदेखि भक्तपुरमा रहेका सम्पदास्थलको उत्खननको काम सुरु गरिने बताइएको छ ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार पुरातात्विक स्थलको उत्खनन युनेस्कोको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग र डुरहाम विश्वविद्यालय र राष्ट्रिय विज्ञको टोलीले संयुक्त रुपमा गरेको हो ।

विभागका अनुसार काठमाडौँमा ३६ वटा सम्पदा पूर्णरुपमा क्षति भएका छन् भने १७३ वटा सम्पदामा आंशिक रुपमा क्षति पुगेको छ ।

यस्तै, ललितपुरमा १३ वटा सम्पदा पूर्णरुपमा क्षति भएका छन् भने ७१ वटा सम्पदामा आंशिक रुपमा क्षति पुगेको छ भने २५ वटा सम्पदाको भित्तामा क्षति भएको छ ।

त्यसैगरी, भक्तपुरमा २० वटा सम्पदा पूर्णरुपमा क्षति भएको छ भने ४३ वटा सम्पदामा आंशिक क्षति पुगेको छ । उपत्यकाभन्दा बाहिर २८१ वटा सम्पदामा क्षति भएको विभागको प्रारम्भिक तथ्याङ्क छ ।

उनले धरहराको निर्माण हुने तर कस्तो मोडलमा बनाउने, भविष्यमा कसरी सुरक्षित गर्न सकिन्छ भन्ने सन्दर्भमा कुरा भइरहेको बताए । रासस

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण