गृहपृष्ठ » मुख्य समाचार, राजनीतिप्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि अभिलेख अद्यावधिक गर्ने परिषद्को निर्णय

प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि अभिलेख अद्यावधिक गर्ने परिषद्को निर्णय

November 6, 2015१६७ पटक

२० कातिक, काठमाडौँ । सवैधानिक परिषद्ले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त र आयुक्त दुईको पदका लागि योग्यता पुगेका तथा आवेदन दिन चाहेका व्यक्तिको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको परिषद्को बैठकले त्यसका लागि सात दिनको म्याद दिएर सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

बैठकपछि परिषद्का सदस्य एवम सभामुख ओनसरी घर्तीले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधिअनुसार निर्वाचन आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्ति सम्बन्धमा सात दिनको म्याद दिएर अभिलेख अद्यावधिक गर्ने निर्णय भएको जानकारी दिइन् ।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती तथा आयुक्तद्वय रामभक्त पिभी ठाकुर र दोलखबहादुर गुरुङ उमेरका कारण सेवानिवृत्त भएपछि आयोगका ती पदहरु रिक्त भएका हुन् ।

परिषद्ले यसअघि निर्वाचन आयोगमा रिक्त रहेका पदमा नियुक्तिका लागि तयार गरेको रोस्टरलाई यथावत् राखेर नयाँ व्यक्तिको अभिलेख अद्यावधिक गर्न केही दिनभित्रै सूचना जारी गर्न लागेको हो ।

बैठकमा परिषद्का सदस्य कायममुकायम प्रधानन्यायाधीश गिरिषचन्द्र लाल, सभामुख घर्ती र व्यवस्थापिका–संसदमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला सहभागी थिए । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण