१५ जिल्लामा ६ खाद्य निरीक्षक मात्रै
२३ साउन, बाँके । मध्यपश्चिमका १५ जिल्लामा ६ जना मात्रै खाद्य निरीक्षक रहेका छन् ।
नेपालगञ्जमा कार्यालय रहेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको कार्यक्षेत्र मध्यपश्चिमका १५ जिल्लामा खाद्य ऐन २०२३ कार्यान्वयन गरी खाद्य पदार्थको उत्पादन बिक्री वितरण र आयात कार्यमा गुणस्तर नियमन गर्नु हो । तर कार्यालयमा ६ जना मात्रै खाद्य निरीक्षक दरबन्दी अनुसार कार्यरत रहेका गोरखापत्रमा खबर छ ।
न्यून दरबन्दी र आवश्यक बजेटको अभावमा मध्यपश्चिमका सबै जिल्लामा पुग्न नसकेको कार्यालय प्रमुख विमल दाहालले जानकारी दिए । गत आर्थिक वर्षमा मध्यपश्चिमका डोल्पा, मुगु, कालिकोट, रोल्पा, सल्यान र रोल्पामा पुग्न नसकेको उनले बताए ।
आर्थिक वर्ष २०७०/७१ मा कार्यालयको टोली पाँच जिल्लामा मात्रै पुग्न सकेको थियो ।