भोर्लेटारबाट बरामद गरिएको सुर्तिजन्य पदार्थ जलाईयो ।।
पश्चिम लमजुङको व्यापारिक केन्द्र भोर्लेटारबाट बरामद गरिएको सुर्तिजन्य पदार्थ जिल्ला प्रशासन कार्यालय परिसरमा संचारकर्मीको रोहबरमा जलाईएको छ । अनुगमनका क्रममा चेतावनीयुक्त चित्र नभएका सुर्तिजन्य पदार्थको प्याकेट बरामद गरिएको थियो । अनुगमनका क्रममा सूर्तिजन्य पदार्थको बाहिरी प्याकेटमा चित्रात्मक सन्देश भएको र भित्र चित्रात्मक सन्देश विनाका सूर्तिजन्य पदार्थ भेटिएको थियो । भेटिएका सुर्तिजन्य पदार्थ बरामद गर्दा स्थानिय व्यवसायीले प्याकेटमा चेतावनीयुक्त चित्र नभएका सुर्तिजन्य पदार्थ विक्री वितरण नगर्ने प्रतिवद्धता समेत जनाएका छन् । सुर्तिजन्य पदार्थ सेवनले हुने हानी नोक्सानीका बारेमा जनचेतना जगाउन र यसको नियन्त्रण गर्न गाउँ गाउँमा समिति गठन गरिने भएको छ ।