आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने पौडेलको भनाइ ।।
नेपाली काग्रेसको १३ औं महादिबेशनमा केन्द्रीय उपसभापति रामचन्द्र पौडेलले अध्यक्षको उम्मेद्वारी दिने बताउनु भएको छ । सोलुखुम्बु पुग्नु भएका पौडेलले दुधकोशी एफएमसंग कुराकानि गर्नुहुदै आगामी फागुनमा हुन लागेको महादिवेशनमा अध्यक्षका लागि आफू दाबेदार रहेको बताउनु भएको हो । बर्तमान पार्टी सभापतिदेखि काग्रेसका अधिकांश केन्द्रीय नेताहरुले समेत आफूलाई समर्थन गरेकाले कुनै पनि हातलमा अध्यक्ष नछाड्ने पौडेलको दावी छ । ाँग्रेसले ठूला पदमा दिएको उम्मेदवारीले प्रजातन्त्र र राष्ट्रिय एकता बलियो भएको उहाँको भनाइ छ ।