गृहपृष्ठ » मुख्य समाचार, राजनीतिमधेस आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न सरकार सकारात्मक : गच्छदार

मधेस आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न सरकार सकारात्मक : गच्छदार

November 6, 2015१७० पटक

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका अधिकांश मागप्रति सरकार सकारात्मक भएकाले चाँडै सहमति हुने बताउनु भएको छ । मधेसी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक)को सातौँ स्थापना दिवसका अवसरमा आज राजधानीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गच्छदारले मधेस आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्ने लगायतका विषयमा सरकार सकारात्मक भएको बताउनुभएको हो । उहाँले मृतकका परिवारलाई १० लाख रुपैँया क्षतिपूर्ति उपलब्ध गराउने, आन्दोलनका घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउने र उनीहरुका मुद्दा फिर्ता लिने विषयलाई राज्यले सम्बोधन गर्ने उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री गच्छदारले थारू तथा मधेसी मोर्चाले माग गरेको प्रदेशको सङ्ख्या र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारणका विषयमा पनि संविधान संशोधन गरेर सम्बोधन गरिने धारणा राख्नुभयो । सरकार र मोर्चाबीचको वार्ता सकारात्मक हुँदै गएको अवस्थामा वीरगन्जमा घटेका घटनापछि बिनानिष्कर्ष टुङ्गिएको उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले वर्तमान अवस्थामा सकारात्मक तवरले समाधानको बाटो खोजिने उल्लेख गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण