गृहपृष्ठ » मुख्य समाचार, समचारनेपाली काङ्ग्रेस मुसीकोट गाँउ समितिको आयोजनामा सानो देउरालीका केही परिबारको लागी खानेपानीको पाईप हस्तान्तरण ।।

नेपाली काङ्ग्रेस मुसीकोट गाँउ समितिको आयोजनामा सानो देउरालीका केही परिबारको लागी खानेपानीको पाईप हस्तान्तरण ।।

November 6, 2015१४४ पटक

अनिश गैरे, वामी गुल्मी ।।
२० कार्तिक ।
नेपाली काङ्ग्रेस मुसीकोट गाँउ समितिको आयोजनामा मुसीकोट ८ सानो देउरालीका केही परिबारको लागी खानेपानीको असहजताको लागी ३५० मिटरको पाईप बितरण गरिएको छ ।
नेपाली काङ्ग्रेस जिल्ला समितिले सोही क्षेत्रका स्थानीयहरुको खानेपानीको समस्याको समाधानको लागी केही सहजत होस भन्ने उद्धेश्यको साथ पाईप हस्तान्तरण गरेको नेपाल बिद्यार्थी संघ जिल्ला समिति सदस्य बिष्णु प्रसाद आचार्यले जानकारी दिए । कार्यक्रममा नेपाली काङ्ग्रेस मुसीकोट गाँउ समितिका सचिब तेज बहादुर महतको सभापतित्व रहेका थियो भने नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य जनक बहादुर खत्रीको पमुख आतिथ्यता रहेको थियो भने क्रियाशिल सदस्यहरु मान बहादुर खत्री, कमल सिँह ठकुरी, बिष्णु प्रसाद आचार्य, कृष्ण प्रसाद आचार्य, कमला देबी आचार्य, ईश्वरा आचार्य, सन्तका खत्री लगायतको उपस्थिती रहेको थियो । कार्यक्तममा सदस्यहरु अर्जुन प्रसाद आचार्य, राम प्रसाद आचार्य बाबुराम घिमिरे, लगायतले आफ्नो धारण राख्नुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि खत्रीले आगामी दिनमा पनि अन्य क्षेत्रका स्थानीयहरुलाई पनि अबस्था अनुसार सहयोग गर्नै प्रतिबद्धता जायर गर्नुभएको थियो । त्यस्तै पार्टी गाँउ कार्य समितिका सचिब तेज बहादुर महतले गाँउको बिकासको लागी पहल गदै जाने बताए । पाईप ग्रहण गरेपछि राम प्रसाद आचार्यले नेपाली काङ्ग्रेस जिल्ला समितिलाई हार्दिकता प्रक्ट गर्दै यस्तै कार्य गर्दै जान आग्रह गरेका थिए । कार्यक्रममा सहियोग पहल कर्ता, कौरब खत्रीको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समितिका सदस्य चकित बिष्णु प्रसाद आचार्यले गरेका थिए । आज बितरण गरिएको पाईपको प्रयोगबाट  करिब १० घरहरु लाभान्वित हुनेछन ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण