गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारमलेसियामा हुन लागेको गैर आबासिय नेपाली संघ (NRNA) को अधिबेशन हुनेखानेमै सिमित, पुग्न सकेन आम मजदुर का सबाल

मलेसियामा हुन लागेको गैर आबासिय नेपाली संघ (NRNA) को अधिबेशन हुनेखानेमै सिमित, पुग्न सकेन आम मजदुर का सबाल

August 8, 2015४१४ पटक

NRNA malaysiaसुसान आचार्य मलेसिया /उज्यालो लालटिन
साउन २३
गैर आबासिय नेपाली हरुको समस्या पहिचान ,समाधान तथा सहयोग र सहकार्य गरि बिदेश मा रहेका आम नेपाली हरुको हितमा काम गर्न उदेश्य सहित विभिन्न देश हरुमा स्थापित साझा सस्था NRNA को अधिबेशन विभिन्न देश हरुमा एकै दिन हुन लागेको बेला यस्को प्रभाव मलेसियामा भने शन्यू देखियको छ ।
मजदुर र प्रबास मा रहेका आम नेपाली हरुको हितमा दूतावास को सरह अभिभाबक्तो पूरा गर्न उदेश्यले स्थापित यश सस्थाले मलेसियामा भने कुनै सकारात्मक प्रभाव नपारेको र केबल उहीँ पहुँच वालाको लागि कमाई खाने राम्रो झोली बनेको मलेसियामा कार्यरत अधिकाम्स नेपाली को भनाइ रहेको छ ।आगामी अगस्ट २२तारीख सनिवार को दिन तय गरिएको अधिबेशन मा अति न्यून सङ्ख्या मा मात्र नेपाली हरुको उपस्थिति रहने जनाइएको छ ।करिब नौ लाख नेपाली श्रमिक कार्यरत मलेसियामा करिब ५०० को हाराहारी मा मात्र सदस्यता नवीकरण गरिनु ले आम प्रबासी नेपाली हरु सामु धेरै ठुलो सङ्खा उत्पन्न गरेको देखिन्छ ।
लामो समय देखि संगठन र त्यहा भित्र रहेका प्रतिनिधि हरु विभिन्न छेत्रमा बिबादास्पद देखिनु ,सस्था मजदुर हितमा भन्दा केहि ब्यापारी र धनाड्य हरुको पहुँचमा मात्र हुनु ,कामकार्बाही निस्पछ्य पार्दर्सी नभै नियोजित हुनु ,मनोगत र हचुवाको भरमा मात्र नभै संगठन को बिधान बिपरित अधिबेशन तय गरिएको भनी मलेसियामा कार्यरत हजारौं नेपाली हरुले आक्रोश सहित अधिबेशन बहिष्कार गर्न जनायका छन ।
अन्तर्राष्ट्रिय सबन्य समिति ICC र गैर आबासिय नेपाली संघ NRNA को बिधान अनुसार अधिबेशन हुन तीन महिना अगाबै निर्वाचन मण्डल घोषणा गर्नु पर्न मा अधिबेशन आउन केहि दिन मात्र बाकी रहदा सम्म पनि निर्वाचन मण्डल तथा प्रतिनिधि हरुको टुंगो नलाग्नु,सदस्यता बितरन सिमित ठाँउमा र सिमित ब्यक्तिमा राख्दै सदस्यता नवीकरण अबधि नियोजित रूपमा राखिनु ,सदस्यता बन्न कम्तीमा मलेसिया २बर्ष बसेकै हुनुपर्ने बाध्यकारी नियम बनाउनु,निर्वाचन उठने भनियको तर टुंगो सम्म नलाग्यको सम्भाबित प्रतिनिधि ले मात्र आफ्नो पायक पर्न र राजनीतिक दल का हैसियत मा सदस्यता बितरन गर्नु ,आम प्रबासी नेपाली तथा मजदुर हक मा भन्दा नितान्त ब्यक्तिगत फाइदाका लागि संगठन का प्रतिनिधि लागि पर्नु ,तथा NRNA जस्तो पबित्र सस्था मा दल गत तथा चरम राजनीतिक चलखेल हुनु जस्ता विविध कारण प्रष्ट उल्लेख गर्दै मलेसियामा लामो समय कार्यरत नेपाली श्रमिक ले यो अधिबेशन सहमतिय तथा मजदुर हितमा भन्दा नितान्त ब्यक्तित्व बिकास को लागि भएको पुस्टि गर्दै यस्ता चलखेल मा भाग नलिने भनी आगामी २२तरिख मा तय गरिएको अधिबेशन बहिष्कार गर्न जानकारी दियका छन् ।
मजदुर समस्यामा हर्दम साथ दिदै मजदुर कै पछ्य मा निस्वार्थ रूपमा लागि परेको सस्था नेपाली जन प्रगतिशील श्रमिक मन्च मलेसियाका बरिस्ठ उपाध्यक्ष अस्मित सिह तथा विभिन्न सङ संगठन का प्रतिनिधि ब्यापारी बुद्धिजिबि नागरिक समाज का अगुवा तथा कुटनितिक नियोग मा आबद्ध प्रतिनिधि हरुले समेत सार्बजनिक ब्कतब्य निकाल्दै मलेसियामा निधारित मिति मा तय गरिएको NRNA को अधिबेशन पुर्ण रूपमा बिधान बिपरित असम्भैधानिक तथा नितान्त ब्यक्तिगत स्वार्थ को लागि मात्र तय गरिएको भन्दै यस्ता चलखेल बाट सजक रहि पबित्र सस्था मा देखियको बिकृती तथा ब्यक्ति हाबिको खुलेर भण्डाफोर गर्न आम मलेसिया बासी नेपाली हरुमा अपिल गरेका छन् ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण