गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिभारतीय नाकाबन्दीले द्विपक्षीय संयन्त्र प्रभावित

भारतीय नाकाबन्दीले द्विपक्षीय संयन्त्र प्रभावित

November 7, 2015१९९ पटक

Nepal- India_flag
२१ कात्तिक, विराटनगर । नेपाल र भारतबीच दुई महिनायता जारी राजनीतिक तनावले द्विपक्षीय सम्बन्ध बिग्रन गएको छ भने नियमित रूपमा दुई देशबीच हुनुपर्ने विभिन्न संयन्त्रका बैठकसमेत प्रभावित बन्न पुगेका छन्।

आफूले चाहेजस्तो संविधान जारी हुन नसकेकोमा तीव्र असन्तुष्टि व्यक्त गर्दै भारतले नेपालमाथि नाकाबन्दी लादेपछि दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न भएको हो । भारतीय नाकाबन्दीका कारण प्रधानसेनापति रमिन्द्र क्षेत्रीको भारत भ्रमणसमेत टुंगो लाग्न नसकेको स्रोतले बतायो।

‘अहिलेको चिसिएको सम्बन्धका कारण उहाँको तत्काल भारत भ्रमण हुन कठिन छ,’ नयाँदिल्लीस्थित स्रोतले भन्यो । भदौ २४ मा पदभार ग्रहण गरेका प्रधानसेनापतिलाई भारतीय सेनाले त्यसको पन्ध्र दिनपछि नै भ्रमणका लागि निमन्त्रणा पठाए पनि उनको भ्रमणबारे कुनै प्रगति हुन नसकेको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रधानसेनापति क्षेत्रीको भारत भ्रमणसम्बन्धी विषय मन्त्रिपरिषद्बाट स्वीकृत हुन नसकेको स्रोतले बतायो।नेपाली सेना र भारतीय सेनाका प्रधानसेनापति परिवर्तन भएलगत्तै एकअर्काको मुलुक भ्रमण गर्ने प्रचलन छ।

भ्रमणका अवसरमा एकअर्को देशका नयाँ प्रधानसेनापतिलाई मानार्थ प्रधानसेनापतिबाट विभूषित गर्ने प्रचलन छ।हरेक वर्ष सेप्टेम्बर र अक्टोबरमा बस्दै आएका द्विपक्षीय संयन्त्रका बैठक आयोजना हुन सकेका छैनन्।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण