गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारउपभोग्य वस्तु बजारमा कति मौज्दात छ ?

उपभोग्य वस्तु बजारमा कति मौज्दात छ ?

November 7, 2015२०७ पटक

२१ कात्तिक, काठमाडौं । भारतले गरेको नाकाबन्दीका कारण उपत्यकामा उपभोग्य बस्तुको अभाव बढ्न थालेकोछ । चामलले तीन महिना पुग्ने नेपाल खाद्य संस्थानले जनाएको छ । संस्थानसँग अहिले पाँच हजार पाँच सय टन चामल मौज्दात छ ।

संस्थानले राष्ट्रिय सुरक्षा र मूल्य नियन्त्रणका लागि चामल राख्दै आएको छ । ‘यो परिमाणले अत्यावश्यक परेका बेला मात्रै पूर्ति गर्दै जाने हो भने तीन महिनालाई पुग्छ भन्ने हाम्रो मूल्यांकन छ,’ संस्थानका प्रवक्ता श्रीमणि खनालले भने ।

त्यस्तै दाल तथा गेडागुडीले २० दिन पुग्ने व्यवसायीले बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका सचिव देवेन्द्रभक्त श्रेष्ठले खाद्यान्नको समस्या नरहेको बताए । ‘उपत्यकालाई चामल, दाललगायत पर्याप्त छ,’ उनले भने, ‘हामीसँग भएको परिमाणले २० दिन मज्जाले धान्न सकिन्छ ।’

ग्यास मौज्दात नभएको, हवाई इन्धन कम रहेको, दूध ५० प्रतिशत आपूति भइरहेको र पेट्रोलियम पदार्थको मौज्दात पनि न्यून रहेको नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण