प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर बाबुराम जनकपुर जाने
२१ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान समस्या समाधानका लागि पहल गर्न दबाब दिने उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदैछन् ।
भारतले गरेको अघोषित नाकाबन्दी पछि नेपाली जनताले भोगेको समस्या समाधान गर्न, इन्धन ग्यास लगायतका सामानको आपूर्तिका लागि पहल गर्न तथा बजारमा बढ्दो कालोबजारी निर्णन्त्रण गर्नका लागि भूमिका खेल्न आग्रह गर्दै भट्टराईले ओलीलाई ज्ञापन पत्र बुझाउन लागेका हुन् ।
प्रधामन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउन भट्टराईसँगै केही नागरिक समाजका अगुवा पनि प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएपछि दिउँसो १२ बजेपछि डा. भट्टराई जनकपुर जाने कार्यक्रम रहेको छ । जनकपुरमा आयोजित कार्यक्रममा भट्टराईले सम्बोधन गर्नेछन् ।