गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, समचारचाँदीको कारोबार घट्यो

चाँदीको कारोबार घट्यो

November 7, 2015४७३ पटक

 

काठमाडौं, कात्तिक २१ – तिहारको बेला चाँदीको कारोबार धेरै हुने गरेकोमा यसवर्ष आधा जति मात्र कारोबार भएको सुनचाँदी व्यावसायीले बताएका छन् ।

गएका वर्षहरुमा तिहारको समयमा दैनिक चार सयदेखि पाँचसय किलो चाँदीको कारोबार हुने गरेकोमा अहिले आधा जति मात्र कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्ले बताउनुभयो ।

भूकम्प, भारतको अघोषित नाकाबन्दी र तराईमा भैरहेको आन्दोलनका कारण यसपाली चाँदीको बजारमा असर गरेको शाक्यले बताउनु भयो ।

गएका वर्षहरुमा दसैँपछिको दुई हप्तामा विशेष गरेर निकै चहलपहल हुनेमा यसवर्ष सोमबार कागतिहार भए पनि त्यस्तो नभएको सुनचाँदी व्यावसायीहरुले बताएका छन् । विशेष गरेर तिहारमा लक्ष्मी पूजा गर्दा चाँदीबाट बनेको नयाँ सामग्री राखेर पूजा गर्ने चलन छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण