गृहपृष्ठ » मुख्य समाचार, राजनीतिकाँग्रेस प्रतिपक्षमा बस्न हुन्नःनेता नेपाल

काँग्रेस प्रतिपक्षमा बस्न हुन्नःनेता नेपाल

November 7, 2015१५७ पटक

दाङ–नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण घडीमा प्रमुख दल नेपाली काँग्रेस प्रतिपक्षमा बस्न नहुने वताएका छन्।

संविधान कार्यान्वयनका लागि एकता अपरिहार्य भएको भन्दै उनले काँग्रेसलाई वर्तमान सरकारमा सहभागी हुन आग्रह गरे। ‘संविधान कार्यान्वयन गर्ने बिषय अहिलेको मुख्य बिषय हो,’प्रेस चौतारी नेपालले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा भने, ‘यस्तो महत्वपूर्ण बिषयमा काँग्रेस प्रतिपक्षमा नबसोस्,विगत सच्याएर सरकारमा सामेल बन्नु पर्छ।’ पुरानो भद्र सहमति तोडेर काँग्रेसले आफ्नो विश्वास गुमाएको दावी गर्दै नेता नेपालले विगतको समिक्षा गरेर काँग्रेस अघि बढ्नु पर्ने सुझाव दिए।

आँफूले काँग्रेस सभापति सुशील कोइरालालाई सहमतीका लागि पटक पटक आग्रह गरेको भएपनि आँफू सफल बन्न नसकेको बताए। ‘मैले सुशीलजीलाई पटक पटक भेटेर सहमतिको संस्कार नतोड्नुस भनेर सम्झाएँ, ‘उनले भने, ‘तर उहाँले पटकै मान्नु भएन ।’ सरकारमा सामेल नहुने काँग्रेसको एकतर्फी अडान पश्चात नेपाल आफैले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिदिन काँग्रेस समक्ष प्रस्ताव गरेको पनि बताए । ‘सरकार सहभागीताका लागि उहाँहरुले नमानेपछि रचनात्मक प्रतिपक्षको भुमिकामा बस्न प्रस्ताव गरेको छु,’उनले भने, ‘प्रतिपक्षमै रहेर पनि काँग्रेसले पक्कै सघाउने छ ।’

एकअर्को प्रसंगमा उनले नेपालले भारतसँग दुश्मनी नचाहेको बताए । पुरानो सम्वन्ध कायम राख्दै भारतलाई एक असल छिमेकी मित्रका रुपमा नेपालले अंगाल्न चाहेको उनको भनाइ। ‘हामी भारतसँगको एकताको सन्देश दिन चाहन्छौँ,’उनले भने ‘हामी दुश्मनी चाहन्नौँ, भारतले नाकाबन्दी खोलिदेओस् सवै तिक्तता मेटिनेछन् ।’ उनले दिगो मित्रताका लागि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतीय नियत सुध्रनु पर्ने बताए । उनले भने, ‘नेपालका मान्छे किनबेच गरेर हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नेपालीका लागि कदापी स्वीकार्य हुन्न ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण