गृहपृष्ठ » मुख्य समाचार, समचारदेशभर औषधि अभाब नहुने ।।

देशभर औषधि अभाब नहुने ।।

November 7, 2015१५३ पटक

काठमाण्डौ २१ कार्तिक ।।
सरकारले दुई महिनाका लागि देशभर औषधि अभाब नहुने बताएको छ । भारतको अघोषित नाकाबन्दी र मधेस आन्दोलनका कारण पेट्रोलिय पदार्थ अभाब भएपछि यातायातका साधन नचल्दा औषधि ओसार पसारमा पनि समस्या देखिएको छ । सिआईएनसंग कुरा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिब शान्ताबहादुर श्रेष्ठले औषधि अभाब भएको जिल्लाहरुमा मौज्दात रहेको औषधि पठाईरहेको सीआइएनलाई जानकारी दिनुभयो । यसैबिच औषधि अभाबबारे जानकारी लिन र औषधिमा हुने गरेको कालोबजारी नियन्त्रणको अनुगमन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा औषधि व्यवस्था बिभाग, स्वास्थ्य मन्त्रालय र निजि स्वास्थ्य सस्थाका व्यक्तिहरु सम्मेलित अनुगमन समिति पनि निर्माण भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण