निजी सवारी साधनलाई आज अन्तिम दिन पेट्रोल दिइने ।।
zकाठमाण्डौ २१ कार्तिक ।।
नेपाल आयल निगमले काठमाडौं उपत्यकामा निजी सवारीसाधनलाई आज अन्तिम दिन पेट्रोल वितरण गर्ने भएको छ । निजी सवारीसाधनको लट अनुसार पेट्रोल वितरण भइरहेको छ । आज ५० लटमाथिका मोटरसाइकल र १० लटदेखिका कार, जिप, भ्यानलाई पेट्रोल दिइनेछ । पेट्रोल लिनुअघि कपुन अनिवार्य दिनुपर्नेछ । काठमाण्डुदेखि काभ्रेसम्मका ६० वटा पेट्रोल पम्पबाट दैनिक तीन लाख लिटरका दरले पेट्रोल वितरण भइरहेको छ । अस्ति १ देखि ३० लटसम्मका मोटरसाइकललाई तेल देइएको र हिजो ३१–५० लटसम्मका मोटरसाइकल र ६–९ लटसम्मका कारलाई इन्धन वितरण गरिएको थियो । मोटरसाइकललाई पाँच लिटर र कार, जिप, भ्यानलाई १० लिटर पाउनेछन् ।