गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारतेस्रो मुलुकबाट इन्धन ल्याउन कूटनीतिक संवाद

तेस्रो मुलुकबाट इन्धन ल्याउन कूटनीतिक संवाद

November 10, 2015१९२ पटक

२४ कात्तिक, काठमाडौं । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव जटिल बन्दै गएपछि सरकारले विश्वका अन्य मुलुकबाट इन्धन भित्र्याउन सकिने सम्भावनाका विषयमा कूटनीतिक संवाद थालेको छ।

Petrol-Pumpपरराष्ट्र मन्त्रालयले बंगलादेश, रूस र साउदी अरेबियाका काठमाडौंस्थित राजदूत एवं कूटनीतिक प्रतिनिधिसँग यसबारे परामर्श गरेको हो।तत्कालीन इन्धन संकट टार्न कूटनीतिक तहमा छलफल भए पनि ठोस निष्कर्ष भने निस्कने नसकेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘भारत र चीनबाहेक अन्य मुलुकबाट दीर्घकालीन रूपमा इन्धन ल्याउन अहिलेकै पूर्वाधारले सम्भव छैन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘इन्धन संकट टार्न के गर्न सकिन्छ भन्ने हिसाबमा कूटनीतिक तहमा कुराकानी भएको हो ।’

परराष्ट्रका अधिकारीले पेट्रोल, ग्यास र हवाई इन्धन विमानबाट आयात गर्ने विषयमा कूटनीतिक प्रतिनिधिसँग राय मागेका थिए। बंगलादेशबाट पेट्रोल र हवाई इन्धन आयात गर्न सकिनेबारे सकारात्मक कुरा भएको ती अधिकारीले बताए।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण