कुकुर तिहारको अवसरमा निःशुल्क भ्याक्सिन
२४ कात्तिक, काठमाडौं । कुकुर तिहारको उपलक्ष्यमा मुना भेट फर्माले ललितपुरका भुस्याह एवं घरपालुका कुकुरलाई निःशुल्क एन्टी रेबिग भ्याक्सिन लगाएको छ ।
मंगलवार बिहान सात बजेदेखि सुरु भएको कार्यक्रममा पाँच सयभन्दा बढी कुकुरहरुलाई भ्याक्सिन दिने कार्यक्रम रहेको प्राविधिक किरण लम्सालले बताए । ‘घरमा पालेका कुकुरलाई पूजा गरेर माला लगाएर मात्रै हुन्न स्वास्थ पनि बनाउनुपर्छ,’ उनले भने ।
कुकुरका अतिरिक्त घरमा पालेको बिरालो र खरायोलाई पनि भ्यक्सिन लगाइएको थियो । घरमा पालिएका सबै जनावरलाई स्वास्थ राख्नुपर्छ भन्ने सन्देश दिन निःशुल्क भ्याक्सिन लगाईएको किरणले बताए ।
अर्का प्राविधिक दिनेश केसीले मुनाभेटले हरेक वर्ष कुकुर तिहारको दिन निःशुल्क भ्याक्सिन दिंदै आएको बताए ।