गृहपृष्ठ » मुख्य समाचार, राजनीतिगणेशमान सिंहको १ सय १ औं जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १ सय १ औं जन्मजयन्ती मनाइँदै

November 10, 2015१८० पटक

सर्वमान्य नेता गणेशमान सिंहको १ सय १ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जन्मजयन्तीका अवसरमा आज बिहान काठमाडौंको शोभाभगवतीमा स्वर्गीय सिंहको शालिकमा माल्यार्पण गरिएको छ । सिंहपुत्र एवम् नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले उहाँको शालिकमा माल्यार्पण गर्नु भएको हो । काँग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरुले आज दिनभर विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
विंसं. १९७२ कात्तिक २४ गते आजकै दिन जन्मनु भएका नेपाली कांग्रेसका संस्थापक नेता सिंहकै नेतृत्वमा २०४६ सालको जनआन्दोलन सफल भएको थियो । दुई ध्रुवमा बाँडिएका कांग्रेस र बामपन्थीहरुलाई उहाँले नै एकसाथ जनआन्दोलनमा सहभागी गराउनु भएको थियो । तत्कालिन जहाँनिया राणा शासनविरुद्ध संघर्ष गर्नु भएका सिंहले नै प्रजातन्त्र पुनर्बहालीका लागि पनि संघर्ष गर्नुभयो । नेपाली काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालासँग मिलेर उहाँले लामो समयसम्म नेपाली जनताको मुक्तिका लागि काम गर्नु भएको थियो ।
पटक पटक कडा यातना र जेल सजाय भोग्नु भएका सिंहलाई नेपाली राजनीतिक इतिहासमा लौह पुरुषको उपनामले पनि चिनिन्छ । प्रजातन्त्र बहालीका लागि आजीवन संघर्ष गर्नु भएका सिंहले पद र प्रतिष्ठाका लागि भने कहिल्यै इच्छा व्यक्त गर्नु भएन । उहाँको निधन २०५४ असोज २ गते भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण