गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारआम चुनावको अन्तिम नतिजा आज साँझसम्ममा आउने

आम चुनावको अन्तिम नतिजा आज साँझसम्ममा आउने

November 10, 2015१६० पटक

म्यानमारमा सम्पन्न आम चुनावको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ । हिजोदेखि सुरु भएको मतगणनाको नतिजा आज साँझसम्ममा आईपुग्ने त्यहाँका अधिकारीहरुले बताएका छन् । जारी मतगणनामा विपक्षी नेतृ आङसाङ सुचीको लिग फर डेमोक्रेसीले उल्लेखनीय जित हात पारिरहेको बताइएको छ ।
म्यानमारको सत्ताधारी दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी युएसडिपीले आङ साङ सुची नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी एनएलडी पार्टीबाट पराजित भएको स्वीकार गरिसकेको छ ।
युएसडिपी अध्यक्ष ते ऊले २५ वर्षपछि भएको स्वतन्त्र निर्वाचनमा लज्जास्पद हार बेहोरेको स्वीकारेका हुन् । आइतबार भएको निर्वाचनमा सुची नेतृत्वको दलले धेरै स्थानमा जित हात पारेको छ ।
यांगुन क्षेत्रको पुरै १२ निर्वाचन क्षेत्रमा एनएलडीका सांसद चुनिएका छन् । निर्वाचनमा आफ्नो पार्टीले ७० प्रतिशतभन्दा बढी मत ल्याउने सम्भावना रहेको एनएलडीले जनाएको छ ।
सरकार बनाउन दुई तिहाई सांसद चुनिनुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचनको प्रारम्भिक परिणाम आउन थालेलगत्तै एनएलडीकी अध्यक्ष सुची पार्टी कार्यालयमा गई आधिकारिक परिणाम घोषणा नभएसम्म धैर्य गर्न आफ्ना समर्थकलाई आग्रह गरेकी थिइन् ।
पूर्ण मत परिणाम आउन भने केही दिन लाग्ने र फेब्रुअरीसम्म नयाँ राष्ट्रपति चयन हुने अनुमान गरिएको छ । यद्यपी, सन्तान विदेशी नागरिक भएको भन्दै सूचीलाई राष्ट्रपति बन्नबाट संवैधानिक रुपमै रोक लगाइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण