गृहपृष्ठ » मुख्य समाचार, समचाररौतहटको बाल्चनपुरमा सवारी दुर्घटना, चारको मृत्यु

रौतहटको बाल्चनपुरमा सवारी दुर्घटना, चारको मृत्यु

November 10, 2015१५० पटक

२४ कात्तिक, रौतहट । गौर-चन्द्रनिगाहपुर सड्क खण्ड अन्तर्गत रौतहटको बालचनपुर चोकमा मंगलवार विहान भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

चन्द्रनिगाहपुर गौर तर्फ आउदै गरेको ना.३३ प. २०६८ नम्वरको मोटरसाइकल र विपरित दिशाबाट आएको ना. ५ ख. ९७९१ नम्वरको मिनी ट्रक (पिकअप भ्यान) एक आपसमा ठोक्कीदा मोटरसाइकलमा सबार चार जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको औरैया गाविसका २ का २२ बर्षीय विवेक सिंह, २४ बर्षीय कामोद सिंह, २५ बर्षीय जयप्रकाश यादव र सखुअवा धमौरा गाविसका २६ बर्षीय रुपेश कुमार यादव (चालक) रहेको रौतहटका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते जयप्रकाश गुप्ताको उपचारको क्रममा चपुर अस्पतालमा मृत्यु भएको थियो ।

एउटै मोटरसाइकलमा चार जना

दिपवली र छठ पर्व मान्न काठमाण्डौबाट औरैया आउन थालेका युवाहरुको दुर्घटना परेका हुन । झण्डै तीन महिनादेखि सदरमुकाम गौरबाट साना तथा लामो दुरीका सवारी साधन चलेका छैनन तर चन्द्रनिगाहपुरबाट रात्रिबस र सुमो गाडीहरु सञ्चालन भएका कारण रौतहटको दक्षिणी भेगका सयौं यात्रुहरु मोटरसाईकलले चन्द्रनिगाहपुर सम्म पुग्ने गरेका छन । गौर-चन्द्रनिगाहपुर (४२ किलोमिटर) सडकखण्डमा एक सयको हाराहारीमा चल्ने मोटरसाइकलले प्रति व्यक्ति तीन सयदेखि पाँच सयसम्म रकम लिएर जोखिमपूर्ण यात्रा गराई रहेका छन ।

मोटरसाइकल भाडामा लिएर सञ्चालन गर्ने समूहका कारण यो सडक खण्डमा मधेस बन्दको ८७ दिनको अवधिमा पाँच वटा दुर्घटना पाँच जनाको मृत्यु भइसकेको छ भने १० जना भन्दा बढी घाइते भएका छन । प्रति व्यक्तिका दरले रकम लिएर यात्रा गराउने मोटरसाइकल चालकहरुले चार जनासम्म यात्रु बोकेर निकै तीव्र गतिमा मोटरसाइकल कुदाउदा दुर्घटना हुने गरेको छ ।

निस्क्रिय प्रहरी संयन्त्र

जारी मधेस आन्दोलनका समय यति खेर प्रहरी प्रशासन सबै भन्दा निस्क्रिय देखिएको छ । पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा चार जनासम्म मोटरसाइकलमा चढदा ट्राफिक प्रहरीले कुनै कारवाही गरेको देखिदैन । चेकजाँच तथा अनुगमन गर्ने प्रहरीहरु आफ्नो कार्यालय भित्रै सिमित हुदा छाडापन बढेको चन्द्रनिगाहपुरका स्थानीय बताउँछन ।

ट्राफिक प्रहरी मात्रै नभइ जिल्ला प्रहरी कार्यालय रौतहटले पनि यतिखेर निगरानी शुन्य बनाएको छ । बाल्चनपुरमा घटनास्थल पुगेका ट्राफिक प्रहरी निरिक्षक शिव मुखियाले अत्याधिक गति र क्षमता भन्दा बढी व्यक्ति मोटरसाइकलमा सवार भएकाले दुर्घटना भएको बताएका छन । बिहान ५ राजमार्गमा ट्राफिक नभएको बेला चार जना सवार भएर मोटरसाइकल कुदाएको र अत्याधिक गतिका कारण बाल्चनपुरमा दुर्घटना भएको हुन सक्ने उनको तर्क छ ।

ठक्कर पश्चात मिनी ट्रकलाई घटनास्थलमै छाडेर चालक फरार भएको र घटना सम्बन्धनमा आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले बताए । मृतकको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण