गृहपृष्ठ » मुख्य समाचार, राजनीतिप्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

November 10, 2015१७४ पटक

भारतले लगाएको नाकाबन्दीसहित अन्य विषयलाई समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलो पटक देशवासीका नाममा सम्बोधन गर्नु हुने भएको छ । सरकार गठन भएको एक महिना पुगेका दिन आज प्रधानमन्त्री ओलीले पहिलो पटक सम्बोधन गर्न लाग्नु भएको हो ।
आजै सम्बोधन गर्ने तयारी भए पनि समय भने तय भईनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले पनि हिजो दुई राज्यमन्त्री र दुई सहयाकमन्त्रीको सपथ ग्रहण गराएपछि देशवासीका नाममा सम्बोधन गर्ने बताउनु भएको थियो ।
सरकार गठन भएको एक महिना वितिसक्दा र भारतले नाकाबन्दी गरेको पनि डेढमहिना वितिसक्दासमेत सरकारले औपचारिकरुपमा आम जनतासमक्ष आफ्नो धारणा सार्वजनिक नगरेको प्रति आम जनता निराश भएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण