गृहपृष्ठ » खेलकुद, मुख्य समाचारप्रतियोगितामा रुसलाई प्रतिबन्ध लगाउन सिफारिस

प्रतियोगितामा रुसलाई प्रतिबन्ध लगाउन सिफारिस

November 10, 2015२४९ पटक

खेलकुद प्रतियोगितामा शक्तिबद्र्धक औषधि सेवनबारे छानबिन गर्दै आएको वल्र्ड एन्टी डपिङ एजेन्सी वाडाले एक रिर्पोट प्रकाशित गर्दै एथलेटिक्स प्रतियोगितामा रुसलाई प्रतिबन्ध लगाउन सिफारिस गरेको छ ।
वाडाको एक स्वतन्त्र छानबिन आयोगले रुसी खेलाडीसँग जोडिएको यस मुद्दामा पाँच खेलाडी तथा पाँच कोचलाई आजिवन प्रतिबन्ध लगाउन समेत सिफारिस गरेको छ । वाडाले अन्तर्राष्ट्रिय एथलेटिक्स संस्था आईएएएफलाई पनि विपक्षी बनाएको छ । रिर्पोटका अनुसार आईएएएफ खेलाडीलाई यस्तो औषधि प्रयोग गर्न रोक लगाउनमा कमजोर भएको आरोप लगाएको छ ।
वाडाको आयोगले रुसी खेलाडीको डोपिङ, क्षमता वृद्धी तथा रकम असुलीका विषयमा छानबिन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण