गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनेवार समुदाय म्हः पुजा गर्दै ।।

नेवार समुदाय म्हः पुजा गर्दै ।।

November 12, 2015१७१ पटक


आजैको दिन नेवार समुदायमा मानिसको शरीर नै देवता हो भन्ने मान्यताका साथ म्हपूजासमेत गरिन्छ । काठमाण्डु उपत्यकालगायत अन्य क्षेत्रमा बसोवास गर्ने नेवार समुदायले आज म्ह पुगा गर्दैछन् । साँझ घरमा परिवारका सबै व्यक्ति बसी म्ह पूजा अर्थात् आत्मपूजा गर्ने प्रचलन छ । म्ह पूजामा भाइटीकामा जस्तै विभिन्न रङ्गबाट मण्डप लेख्नुपर्ने र भाइटीकामा जस्तै विभिन्न प्रकारको फलफूल राखिनुपर्नेछ । आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । आगलागीबाट बचेको खुसियालीमा हाँडीगाउँ विशालनगरका बासिन्दाले यो प्रचलन सुरु गरेको पनि इतिहासकारले बताएका छन् । घरको मूलीले सबै सदस्यलाई सगुन दिई टीका लगाई दिने गरिन्छ  र पूजा सम्पन्न भइसकेपछि भोज खानुपर्ने प्रचलन रहेको छ । आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ । म्ह पूजा अर्थात स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदाया ठूलो पर्वको रूपमा लिने गरिन्छ । नेवारी भाषामा म्ह को अर्थ शरीर हो । तर म्ह पूजा अनिवार्य रूपमा गर्ने पर्ने भन्ने छैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण