गृहपृष्ठ » मुख्य समाचार, समचारकुर्घाका तिन पहिरो पिडीतहरुको लागी झण्डै ५ लाख ५० हजार सहयोग प्राप्त ।।

कुर्घाका तिन पहिरो पिडीतहरुको लागी झण्डै ५ लाख ५० हजार सहयोग प्राप्त ।।

November 12, 2015१४३ पटक

अनिश गैरे वामी गुल्मी ।।
कार्तिक २६ गते ।।
गुल्मी जिल्ला कुर्घा गाबिस वडा नम्बर ६ पौसिया भन्ने स्थानका ३ पहिरो पिडीतहरुको लागी झण्डै ५ लाख ५० हजार बराबरको सहयोग प्राप्त भएको छ । सोही ठाँउ निबासी रामकुमारी थापा, भिमबहादुर थापा तथा गुमान बहादुर थापा का तिन परिवारहरु श्रावण २६ गते बिहान गएको भिषण पहिरोको कारण जोखीममा परेका थिए । ति परिवारहरुको लागी छुट्टै बासस्थान बनाउनुपर्ने भएकाले देश तथा बिदेशमा रहेको प्रवासी नेपालीहरुले ५ लाख ३६ हजार ४ सय ६३ रुपैया सहयोग प्राप्त भएको हो । जस मध्ये कुर्घा सेबा समिति जापान बाट बुद्ध रायमाझी, कृष्ण केसी, दिपक रायमाझी, कृष्ण खत्रीको सक्रियतामा ४ लाख ३१ हजार ५२ रुपैया सकंलन भएको त्रिभुवन उमाबि कुर्घाका शिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो । त्यसैगरी लण्डनबाट सुर्य चन्द्र अर्यालका छोरा कृष्ण प्रसाद अर्यालको सक्रियतामा ८४ हजार ३ सय ६६, नेकपा एमाले कुर्घाको सक्रियतामा २१ हजार ४५ रुपैया संकलन भएको समेत जानकारी दिनुभयो । श्रावण २६ गतेको घट्ना पश्चात सामुदायिक रेडियो पुष्पाञ्जलीले कुर्घाका तिन परिबारहरु पहिरोको उच्च जोखीममा भन्ने शिर्षकका प्राथमीकताका साथ समाचार प्रशारण गरेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण