गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारमलेसियामा ५० नेपाली युवा भोक भोकै मर्ने अबस्थामा

मलेसियामा ५० नेपाली युवा भोक भोकै मर्ने अबस्थामा

August 8, 2015३७८ पटक

उज्यालो लालटिन सम्बादाता साउन-२३, मलेसिया । काठमाडौंको राज ओभरसिज मौन मलेसियाको बन्दराटेक भन्ने ठाऊँमा कार्यरत ५० जना नेपालीहरुले ह ८ महिनादेखी तलब पाएका छैनन् । काठमाडौंको राज ओभरसिज बाट १७ महिना अघि रोजगारीकालागी मलेसियाको बन्दराटेक भन्ने ठाऊँमा आएका उनिहरुलाई रोजगारदाता कम्पनी बेगन कन्ट्रक्सनले सन् २०१५ को जनवरी महिनादेखी बिना तलब काम गराइरहेको छ ।11830071_513484678815591_1800186679_n मलेसियामा ८ महिनादेखी तलब नपाएर चिन्चित बनेका नेपाली कम्पनीले बिगत ८ महिनादेखी तलब नदिएर काम गराइरहेको र तलब माग्दा कम्पनी संचालकले उल्टै गाली गलोज गरी मानसिक यातना दिने गरेको दिक्तेल ९ खोटाङका गोविन्दप्रसाद आचार्यले बताए । ‘हामीलाई कम्पनीले पैसा नदिएर काम गराइरहेको छ’आचार्यले भने,‘हामी अब काम गर्न सक्ने अवस्थामा छैनौं ।’ काम गरेको तलब नपाउदा घरमा रहेका परिवारको लालनपालन र छोराछोरीको पढाई खर्च ब्यहोर्न नसकिएको उनको गुनासो छ । ८ महिनादेखी तलब नपाउदा घरायसी समस्याले गाजेको सुनसरीका मदनबहादुर राउतको गुनासो छ । ‘तलब नपाएको ८ महिना भैसक्यो । घरायसी समस्याले पीरोलेको छ ।’ दुई छोराछोरी,श्रीमती र बावुआमालाई घरमा छोडेर पैसा कमाउन मलेसिया आएका राउतले भने,‘घरमा श्रीमती,छोराछोरी र बावुआमा भोकै बस्नुपर्ने अवस्था आइसक्यो ।’ कम्पनी भीत्रै रहेको क्यान्टीनमा उधारो खाना खाने गरेको र अब क्यान्टीन संचालकले बाकी रकम भुक्तानी नगरे खान नदिने चेतावनी दिएको उनले बताए । आफूहरु निकै पीडाका बिच काम गरिरहेकाले अब बिना तलब काम नगर्ने मनस्थितीमा पुगेको दिक्तेल ९ खोटाङका इन्द्रबहादुर भुजेलले बताए । उनले मलेसिया आएर नर्क आएको अनुभुती भएको भन्दै अब यो नर्कमा नबस्ने बताए । ‘हामी अचेल मलेसिया नामको नर्कछौं ।’ उनले भने,‘अब नर्कबाट मुक्त हुन चहान्छौं ।’ आफूहरुले अब काम गर्न नसक्ने र ८ महीनाको बाकी तलब दिलाएर नेपाल पठाउन सहयोगका दूतावाससंग सहयोगको पहल गरिदिन पीडीत नेपालीले आग्रह गरे । मलेसियास्थित नेपाली दूतावासका श्रमसहचारी बुद्धीनाथ भट्टराइले कामदार,कामदार पठाउने म्यानपावरका संचालक र कम्पनी संचालकसंग सामुहिक छलफल गरेर समस्याका समाधान गरिने प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण