गृहपृष्ठ » मुख्य समाचार, समचारतिहार अन्तर्गत आज गोवद्र्धन पूजा ।।

तिहार अन्तर्गत आज गोवद्र्धन पूजा ।।

November 12, 2015१६७ पटक


तिहारको चौथो दिन आज गोवद्र्धन पूजा, हिन्दु नेपालीहरुले गोबरको पर्वत बनाएर गोरुको पूजा गरी मनाउँदैछन् । हिजो धनकी देवी लक्ष्मीको पुजा आराधना गरि लक्ष्मीपुजा गरेपछि, यमपञ्चकको चौथो दिन आज घरघरमा पालिएका गोरुलाई पुजा गरि गोवद्र्धन पूजा मनाईन्छ । आज कृषि कार्यसँग विशेष रुपमा गासिएका गाई, बाच्छा तथा गोरुलाई पुजा गरी रोटी, पीठोलगायतका खानेकुरा खुवाइन्छ । धार्मिक मान्यता अनुसार गेवशको सुरक्षा एवं बृचिका लागि भगवान श्रीकृष्णले घाँसपात र पानीले सम्पन्न गोबद्र्धन पर्वतको पुजा गर्ने परम्परा बसालेको विश्वासका साथ आज गोबरबाट गोबद्र्धन पर्वतको प्रतीक बनाएर गाई, गोरु, बाच्छा र पर्वतको पुजा गरिन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण