गृहपृष्ठ » मुख्य समाचार, समचारआज नेपाल सम्वत् ११३६, विभिन्न कार्यक्रम गरी मनाइदै ।।

आज नेपाल सम्वत् ११३६, विभिन्न कार्यक्रम गरी मनाइदै ।।

November 12, 2015१५५ पटक

नेपाल संवत् ११३६ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ । नेपाल संवत ११३५ लाई विदा गरी नयाँ संवतलाई स्वागत गर्दै नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३६ र इसं ८७९ अक्टोबर २० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गर्नुभएको थियो । काठमाण्डू, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, दोलखालगायतका स्थानमा नेवार समुदायको बाहुल्यता रहेकाले त्याहा नेपाल संवतको उल्लास छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५५ सालमा सरकारले साख्वाःलाई राष्टिय विभूति घोषणा गरिसकेको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले ईसं ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराउनु भएको हो । बिहान काठमाण्डुमा नेपाल संवतका अवसरमा र्याली निकालिदैछ । र्यालीमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागि हुनुहुनेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण