गृहपृष्ठ » मुख्य समाचार, समचारलमजुङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु ।।

लमजुङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु ।।

November 12, 2015१५५ पटक

लमजुङमा आज बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । जम्जुङको चनौटे नजिक बिहान करिब ३ बजे सडकबाट जीप खोलातिर खसेर दुर्घटना भएको हो । खुदीबाट बेसीशहर आइरहेको ग १ ज ५५ ८८ नम्बरको बलेरो जीप कच्ची बाटोमा भिरालो ठाउँबाट खेतबारीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जल्मुङका प्रहरी जवान ढाकाराम पौडेलले रातीको समय गति तिब्र भएकाले दुर्घटना भएको हुन सक्ने सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार बेसीशहर नगरपालिका–१३ चनौटे पुरानो नजिक डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा चनौटेका मोसा तामाङ र भरत थापाको मृत्यु भएको र ३ जनाको भने सनाखत हुन बाँकी रहेको पौडेलले बताउनुभयो । गम्भीर घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा रिफर गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण