गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनेपाल संवतका अवसरमा प्रधानमन्त्रीको शुभकामना ।।

नेपाल संवतका अवसरमा प्रधानमन्त्रीको शुभकामना ।।

November 12, 2015१७७ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११३६ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । ऋणमा डुबेका नेपालीलाई शङ्खधर साख्वाले ऋणमोचन गराई सुरु गरेको नेपाल संवत् नेपालीको मौलिक संवत् भएको जनाउँदै राष्ट्रिय विभूति साख्वाप्रति सम्मानसमेत व्यक्त गर्नुभएको छ । उहाँले नेपाल राष्ट्रका नाममा सुरु भएको नेपाल संवत् कुनै शासनको नाममा नभएकाले पनि जनताको संवत् भन्ने स्पष्ट हुने बताउनुभयो । राष्ट्रिय एकता र समाजिक सद्भावलाई विकसित गर्नुपर्ने यो महत्वपूर्ण अवसरमा जनतालाई गरिबीबाट मुक्त गरी समृद्ध पार्नुपर्ने राष्ट्रिय दायित्व भएको बताउनु भएको छ । सन्देशमा प्रधानमन्त्रीले लोकतन्त्र, शान्ति, स्थायित्व, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता सुदृढ बनाउने अभिभारा पूरा गर्न सबैलाई आह्वान पनि गर्नु भएको छ ।

यसैबीच नेकपा (एमाले) ले पनि नेपाल संवत् ११३६ को नया“ वर्ष शुभारम्भका अवसरमा नेपाली जनताले हाल भोगिरहेको इन्धन समस्या लगायतको कठिनाइ सामना गर्न सकून् भन्ने कामना व्यक्त गरेको छ । नयाँ वर्षका अवसरमा एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले एक साधारण नेपाली जनताले आफ्नो नाममा नभई देशकै नाममा राखेको मौलिक संवत् भएकाले यसको सांस्कृतिक महत्व भएको उल्लेख गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण