गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारपेरिसमा बिश्वकै ठुलो आक्रमण, १२० बढिको मृत्यु ।।

पेरिसमा बिश्वकै ठुलो आक्रमण, १२० बढिको मृत्यु ।।

November 14, 2015१५३ पटक

paris attacks

२८ कात्तिक, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा भएको आतंककारी आक्रमणमा परी कम्तिमा एक सय २० को मत्यु भएको छ ।

शुक्रबार राति फ्रान्सको राजधानीका विभिन्न स्थानमा अन्धाधुन्द गोलाबारी र विस्फोट भएको थियो । यो आक्रमणलाई विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

घटना लगतै फ्रान्सले राष्ट्रिय आपतकालको घोषणा गरेको छ । देशका सबै सीमाहरु बन्द गरिएको छ भने मानिसहरुलाई घर बाहिर ननिस्कन भनिएको छ ।

फ्रान्स पुलिसका अनुसार बन्धुकधारीहरुले मध्य पेरिसको बाटाकालान कन्सर्ट हलमा मात्र १०० बढीको हत्या गरेका छन् । त्यहाँ बन्दुधकारीहरुले केहीलाई बन्धक समेत बनाएका थिए ।

प्रहरीले त्यहाँ आक्रमण गरेको छ । चार आक्रमणकारी मारिशएका छन् । जसमा तीनको मृत्यु त्यसबेला भयो, जब उनीहरुले आत्मघाती विस्फोट गराए ।

फ्रान्सका राष्ट्रपति फ्रान्स्वा आलान्ड मन्त्रिमण्डलका केही सदस्यलाई लिएर घटनास्थल पुगेका छन् ।

आक्रमणको अर्को निशाना पेरिसको नेशनल स्टेडियम पनि थियो, जहाँ डियमा फ्रान्स र जर्मनीबीच मैत्रिपूर्ण फुटबल खेल भइरहेको थियो ।

Paris16खेल चलिरहेको बेला स्टेडियम बाहिर लगातार तीन विस्फोट भएको थियो । आत्मघाती मानिएको विस्फोटपछि दर्शकहरु आत्तिएर मैदानभित्र प्रवेश गरेका थिए ।

खेल हेर्न फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्ड पनि रंगशालामा पुगेका थिए । विस्फोटपछि सुरक्षाकर्मीले उनलाई सुरक्षित रुपमा बाहिर लगेको छ ।

अर्को आक्रमण रेष्टुराँ पेटाइट कँबोज नजिक भएको थियो । एक बन्धुकधारी रेष्टुराँ भित्र प्रवेश गरेर अन्धाधुन्द गोली चलाएका थिए ।
आक्रमणको यो घटना पेरिसको स्थानीय समय अनुसार रातको करिव नौ बजे भएको थियो ।

अहिलेसम्म घटनाको कुनै समूहले जिम्मा लिएको छैन । तर, चरमपन्थी संगठन इस्लामिक स्टेटका समर्थकहरुले सामाजिक सञ्जालमा पेरिस आक्रमणको प्रसंसा गरेको बीबीसीले जनाएको छ ।

Paris1
२८ कात्तिक, काठमाडौं । शुक्रबार फ्रान्सको राजधानी पेरिसका विभिन्न स्थानमा भएको आक्रमणलाई विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

बन्धुकधारीहरुले बाटाकालान कन्सर्ट हलमा मात्र १०० बढीको हत्या गरेका छन् भने केहीलाई अझै बन्धक बनाएको अनुमान गरिएको छ ।

पुलिसका अनुसार चार आक्रमणकारी मारिएका छन् । जसमध्ये तीन जनाले आफैंलाई आत्मघाती विस्फोट गराएका थिए ।

Paris2

Paris3

Paris4

Paris5

Paris6

Paris7

Paris8

Paris9

Paris10

Paris11

Paris12

Paris13

Paris14

Paris15

Paris16

Paris17

Paris18

Paris19

Paris112

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण