गृहपृष्ठ » मुख्य समाचार, समचारअझै केहीदिन अत्यावश्यक गाडीले मात्र इन्धन पाउने

अझै केहीदिन अत्यावश्यक गाडीले मात्र इन्धन पाउने

November 14, 2015१२८ पटक

काठमाडौं, कात्तिक २८ – नेपाल आयल निगमले अझै केहीदिन अत्यावश्यक गाडीलाई मात्रै इन्धन दिने जनाएको छ । अहिले विभिन्न नाकाबाट नेपाल भित्रिएका इन्धन काठमाडौं ल्याउने तयारी भैरहेकाले त्यो इन्धन काठमाडौं नआइपुगेसम्म अरु गाडीलाई इन्धन उपलब्ध गराउन नसकिने निगमले जनाएको छ ।

वीरगंज नाका बाहेक अरु नाकाबाट थोरै परिमाणमा भएपनि इन्धन आपूर्ति भैरहेकाले त्यसलाई काठमाडौं ल्याएर वितरण गर्ने तयारी भइरहेको निगमका प्रवक्ता मुकुन्द घिमिलेले जानकारी दिनुभयो ।

चीनले अनुदानमा दिएको पेट्रोल भने नेपाल ल्याउने काम भैरहेको छ । अब थोरै मात्र पेट्रोल ल्याउन बाँकी भएकाले यसको वितरणबारे आइतबार छलफल हुने निगमका प्रवक्ता घिमिरेले बताउनुभयो ।

यसैबिच गाडी कम चल्दा तिहार मान्न ओहोरदोहोर गर्नेले निकै सास्ती खेप्नुपरेको छ । नेपाल आयल निगमले आफूसँगको मौज्दात इन्धन अत्यावश्यक गाडीलाई मात्र वितरण गर्ने भनेपछि सार्वजनिक गाडीले इन्धन नपाउँदा नागरिकलाई सास्ती भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक पोषराज पोख्रेलले उपत्यका बाहिर जाने गाडीको संख्या नघटेपनि उपत्यकाभित्रै चल्ने गाडीको संख्या भने निकै घटेको बताउनुभयो ।

लामो दुरीमा भने गाडी र चालकको अवस्था हेरेर मात्र यात्रा गर्न प्रवक्ता पोख्रेलले सुझाव दिनुभयो । थोरै गाडी चलेको बेला कष्टकर यात्रा गर्नुपर्ने बाध्यता भएपनि सुरक्षामा ध्यान दिन उहाँको आग्रह छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण