गृहपृष्ठ » खेलकुद, मुख्य समाचाररुसमाथि अन्तर्राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा भाग लिनबाट प्रतिबन्ध

रुसमाथि अन्तर्राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा भाग लिनबाट प्रतिबन्ध

November 14, 2015२३६ पटक

कात्तिक २८ – अन्तर्राष्ट्रिय एथ्लेटिक्स संस्था आइएएएफले रुसलाई अन्तर्राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा सहभागी हुनबाट प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाड) ले रुसका खेलाडीले रसिएन एथ्लेटिक्स फेडेरेसनकै सहयोगमा शक्तिवर्धक औषधि लिने गरेको भन्दै रुसलाई एथ्लेटिक्स प्रतियोगितामा प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो । वाडाको एक स्वतन्त्र जाँच आयोगले रुसी खेलाडीको डोपिङ, क्षमता वृद्धी तथा रकम असुलीका विषयमा छानबिन गरेको थियो । आइएएएफले रुसलाई तत्कालका लागि कुनै पनि एथ्लेटिक्स प्रतियोगितामा भागलिन प्रतिबन्ध लगाएको हो ।

यो विषयमा थप छलफल गरेर आश्वयक निर्णय गरिने आइएएएफले जनाएको छ । वाडाको छानबिन कमिटिमा अन्तर्राष्ट्रिय एथ्लेटिक्स संस्था आइएएएफको पनि सहभागिता थियो ।

जाँच आयोगले डोपिङ जाँचमा दोषी पाइएका पाँच खेलाडी तथा पाँच जना प्रशिक्षकलाई आजीवन प्रतिबन्ध लगाउन पनि सुझाव दिएको थियो । रुसले भने आफ्ना खेलाडीमाथि लागेको आरोप आधारहिन भएको भन्दै अस्वीकार गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण