गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारविश्व मधुमेह दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

विश्व मधुमेह दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

November 14, 2015१६६ पटक

काठमाडौं, कात्तिक २८ – विश्व मधुमेह दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।  विश्व स्वास्थ्य संगठनका अनुसार मानिसको जीवनशैली र खानपानलाई व्यवस्थित गर्न नसकेकोले केही वर्ष यता मधुमेहका बिरामी बढ्न थालेका छन् ।

विश्वमा २५ करोड भन्दा धेरैलाई मधुमेह भएको र हरेक १० सेकेन्डमा ३ जना विरामी थप हुने गरेको अन्तर्राष्ट्रिय मधुमेह संगठनको तथ्यांक छ । मधुमेह भएका विरामीलाई मुटु, मिर्गौलाको संक्रमण हुने सम्भावना बढी हुने डाक्टरहरु बताउँछन् । खानपान र जीवनशैलीलाई व्यवस्थित गर्न सकेमा मधुमेहबाट बच्न सकिन्छ ।

सन्तुलित खानपान, नियमित ब्यायाम गरेर शरीरको तौल सन्तुलन गर्न सकेमा र रगतमा ग्लुकोजको मात्राबारे समय समयमा जानकारी लिएर सन्तुलन गर्न सकेमा मधुमेहबाट बच्न सकिन्छ । सन् १९९१ देखि विश्व स्वास्थ्य संगठन र अन्तराष्ट्रिय मधुमेह संगठनको आव्हानमा  नोभेम्बर १४ मा यो दिवस मनाइने गरिन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण