गृहपृष्ठ » मुख्य समाचार, समचारथामडाँडामा बस दुर्घटना , ६० जना घाइते !

थामडाँडामा बस दुर्घटना , ६० जना घाइते !

November 14, 2015१२३ पटक

म्याग्दी  – म्याग्दीको बरङ्जाबाट बेनीतर्फ आउँदै गरेको ग १ ख ५३६६ नम्बरको यात्रु बाहक बस थामडाँडाँको रत्नेखोलामा विहान १०ः४५ बजे दुर्घटना हुँदा बसमा रहेका ६० जनाभन्दा बढी यात्रु घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भिर रहेको छ ।

myagdiतीब्र गतिमा बेनीतर्फ आइरहेको सो बस सडकदेखि करिव एक सय मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शी लिला गुरुङले जानकारी दिए ।

बसमा करिव ८० जना रहेका र केही व्यक्ति छतमा रहेका प्रत्यक्षदर्शी गुरुङले जानकारी दिए ।

घटनास्थल सदरमुकाम बेनीबजारदेखि करिव एक घन्टाको दुरीमा रहेको छ ।

सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

स्थानीयले घाइतेलाई सडकसम्म ल्याएर राखेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण