गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारजब फ्रान्स र जमर्नीको खेलकै बीच गुञ्जियो बमको धमाका (भिडियो)

जब फ्रान्स र जमर्नीको खेलकै बीच गुञ्जियो बमको धमाका (भिडियो)

November 14, 2015१४७ पटक

2E6D030D00000578-3317776-image-a-32_1447458629341
पेरिस – फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी हमलाका दौरान त्यहाँको स्टाडे डे फ्रान्स रंगशालामा फ्रान्स र जमर्नीबीच मैत्रिपूर्ण खेल जारी थियो । खेलकै दौरान रंगशालाको बाहिर बम धामाका भएको थियो । बाहिर भएको विस्फोटको आवाज खेलकै दौरान सुनिन सकिन्थ्यो । तर, मैदानमा उपस्थित धेरैलाई त्यतिबेला बाहिर के भइरहेको छ भन्ने जानकारी थिएन ।
त्यतिबेला फ्रान्सका राष्ट्रपति फ्रान्कोइस होलान्डे पनि रंगशालामा नै खेल हेरिरहेका थिए । उनी भने त्यहाँबाट सुरक्षित निक्लिन पाए र त्यहाँबाट निस्केर देशमा संकटकालको घोषणा गरे । खेलपछि जब दर्शकहरुले घटनाको जानकारी पाए, उनीहरु रंगशाला बाहिर जान पाएनन् । उनीहरु सीटबाट ओर्लिएर मैदानमा नै जम्मा हुन बाध्य भए ।

2E6CBCAE00000578-3317776-Supporters_of_both_France_and_Germany_are_being_held_in_the_stad-a-126_1447469443436
स्टेडियम बाहिर भएको बिस्फोटमा कम्तिमा ६ जानाको ज्यान गएको छ । स्टेडियमको गेट नम्बर जेबाट छिर्ने प्रयास गरेका एक आतंकवादीले आत्मघाती बम विस्फोट गराएका थिए । जसमा ३ जना फ्यानको निधन भएको छ ।

खेलमा ओलिभर जिरु र आन्द्रे पिएरे गिग्नाकको गोलको मद्दतले फ्रान्स २–० को नतिजा निकाल्दै विजयी बनेपनि त्यो खुसी धेरै बेर टिक्न सकेन । खेल सकिएपछि रंगशालाको टनेलमा बसेर उनीहरुले विभत्स घटनाबारे समाचार हेरिरहेका थिए । ‘हामी स्तब्ध छौं,’ जमर्नीका प्रशिक्षक जोअचिम लोले भने । यसअघि होटलमा बम भएको खबर पछि जमर्नीको टोलीलाई चाँडै त्यहाँबाट निकालिएको थियो ।
फ्रान्सले नै सन् २०१६ को युरोपियन च्याम्पिन्सीपको आयोजना गर्दैछ ।

2E6CD21700000578-3317776-image-a-3_1447455803832

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण