गृहपृष्ठ » मुख्य समाचार, समचारथारु कल्याणकारिणीसभा कपिलवस्तुले चरणबद्ध रुपमा आन्दोलन गर्ने ।

थारु कल्याणकारिणीसभा कपिलवस्तुले चरणबद्ध रुपमा आन्दोलन गर्ने ।

August 8, 2015३१७ पटक

दीपकअनुरागी आचार्य, कपिलवस्तु साउन २३ । थारु कल्याणकारिणी सभा कपिलवस्तुले पनि केन्द्रीय समितीको निर्णय बमोजिम नेपालको संविधानमा थारु समुदायको आधिकार सुनिश्चित गर्नको लागि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार बसेको सभाको विस्तारित बैठकले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । जस अन्र्तगत साउन २७ गते राजधानी काठमाण्डौ लगाएत तराईका सम्पुर्ण जिल्लामा फांसीको डोरी जलाउने, २८ गते तराई जिल्लामा बैलगाडा जुलुस निकाल्ने, २९ गते तराईका जिल्लामा भौतिक प्रतिरोध र भण्डाफोर गर्ने र ३० गते आमहड्ताल सहित थरुहट तराई बन्द गर्ने बैठकले निर्णय गरेको सभाका जिल्ला सचिव उमाशंखर थारुले जानकारी दिनुभयो । यसैबिच बैठकले २१औ विश्व आदिवासी दिवस मनाउने निर्णय गरेको छ । त्यसको लागी कपिलबस्तु जिल्लामा रहेका आदिबासी जनजाती महासघं अन्तर्रगत पर्ने जातीय घटकहरु थारु कल्याणकारी सभा, मगर सघं, नेवा सघं, तामाङ सघं, तमु ह्युल छो जा र कुशवरीया समाज लगाएतका संघ संस्थाले दिवसको अवसरमा जिल्लाको ४ नम्बर चोकमा आ आफ्ना भेष भुषा, व्यानर सहित विभिन्न कार्यक्रम गरि दिवस मनाउने भएका छन् । बैठक सभाका उपसभापति जगत विर थारुको अध्यक्ष्यता, केन्द्रीय सदस्य भोजराज थारुको प्रमुख आतिथ्यता, आदिवासी जनजाती महासघं जिल्ला समन्वय परिषदका अध्यक्षता गणेश कुमार थारु, पुर्व अध्यक्ष एव केन्द्रीय पार्षद नगेन्द्र प्रसाद रौतार लगायतको उपस्थिती र सभाका जिल्ला सचिव उमा शंकर थारुको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण