गृहपृष्ठ » मुख्य समाचार, समचाररुपैडिहा नाकाबाट भित्रियो २५ ट्यांकर इन्धन

रुपैडिहा नाकाबाट भित्रियो २५ ट्यांकर इन्धन

November 14, 2015१२० पटक

२८ कत्तिक, नेपालगञ्ज । रुपैडिहा नाकाबाट झण्डै ९ दिनपछि इन्धन नेपाल भित्रन सुरु गरेको छ । शुक्रबार साँझदेखि पेट्रोलियम पदार्थ आउन थालेको हो ।

12065616_1108993635790925_7440099184553019215_nईलाका प्रहरी कार्यालय जमुनाहले दिएको जानकारी अनुसार शुक्रबार अबेर हवाई इन्धन ४ र डिजल ६ ट्यांकरसहित ३३ मालबाहक गाडि नेपाल भित्रिएका छन् । शनिबार डिजल ७, हवाई इन्धन ५, पेट्रोल १ र खाना पकाउने एलपी ग्यासका दुई बुलेट गरी १५ ट्यांकर इन्धन नेपाल आएका छन् ।

भारतीय भन्सारले कात्तिक १७ गते साँझदेखि माथिको आदेश भन्दै इन्धनका गाडीहरु रोकेको थियो ।

भारतले निकै कडाइ गरेका कारण १७ गतेदेखि २७ गतेसम्ममा रुपैडिहा नाकाबाट ४ ट्यांकर डिजल, एक ट्यांकर हवाई इन्धन र १ बुलेट ग्यास मात्र नेपाल आएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण